यदी हामी रियल मड्रिड भएको भए बार्साले ‘गार्ड अफ अर्नर’ पाउथ्योः अल्बा

बार्सा नेपाल । बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले यदि रियल मड्रिड आफ्नो स्थानमा र बार्सिलोना रियलको स्थानमा भएको भए रियललाई ‘गार्ड अफ अर्नर’ दिने बताएका छन् ।

डिर्पोटिभोलाई ४–२ गोलले हराएर सिजनको दोस्रो महत्वपूर्ण उपाधि जितको बार्सिलोनाका डिफेन्डर अल्बाले बार्सिलोनाले २००८ मा बेर्नाबेउमै रियललाई गार्ड अफ अर्नर दिएको बताउँदै रियलले क्याम्प नाउमा बार्सालाई दिने या नदिने उसैको कुरा रहेको बताएका छन् ।

अल्बाले बार्साले कडा मेहनत गर्दै सिजनको दुई उपाधि जितेको बताउँदै प्रशिक्षक अर्नेष्टो भालभर्डेको आलोचनाको बचाउ गरे ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले भने बार्सिलोनालाई गार्ड अफ अर्नर नदिने बताइसकेका छन् । यद्यपी क्लबको आदिकारीक धारणा भने आइसकेको छैन ।

बार्सिलोनाले लिगको ३५ औं खेल घरेलु मैदान क्याम्प नाउमा रियल मड्रिडसँग खेल्दैछ । परम्परा अनुसार उपाधि विजेता टिमलाई विपक्षी टिमले ‘गार्ड अफ अर्नर’ दिने प्रचलन छ । बार्सिलोनाले कोपा डेल रे जित्दा डिर्पोटिभोले पनि खेल सुरु हुनुभन्दा अघि गार्ड अफ अर्नर दिएको थियो ।

३० अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: प्रतिष्ठाको लडाइँ ‘एल क्लासिको’

डेपोको ‘डु अर डाई’ रणनीतिमा बार्साका कुन खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here