डेपोको ‘डु अर डाई’ रणनीतिमा बार्साका कुन खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । सिजन १९९९–२००० को ला लिगा विजेता डिर्पोटिभोले जारी सिजनमा खराव प्रदर्शन गरेपछि रेलिगेसनको संघारमा रह्यो । ३४ खेलबाट जम्मा २८ अंक जोडेको डेपोको लागि रेलिगेनबाट बच्न झिनो आशा, बाँकी सबै खेलमा जित आवश्यक थियो । त्यसैले प्रशिक्षक सिड्रोफले खेलाडीहरुलाई ‘डु अर डाइ’को रणनीतिमा मैदान पठाए । त्यसैले बार्सिलोनाले २–० गोलको अग्रता लिए पनि २–२ गोलको बराबरीमा ल्याउन सफल भए । तर खेलमा विश्वकै उत्कृष्ट फुटबल खेलाडी लियोनल मेसीले लगातार दुई गोल थपिदिएपछि बार्सिलोना ४–२ गोलले विजयी भयो । अन्ततः डेर्पोटिभो ला लिगाको रेलिगेसनमा परेको छ ।

खेलमा प्रशिक्षक अर्नेष्टो भालभर्डेले इनियष्टालाई खेलको ६५ औं मिनेटतिर मैदान पठाउने गरी वार्मअपमा पठाए तर, डिर्पोटिभोको ‘थ्रेट’को जोखिम मोल्न चाहेनन् र डेम्बेलेको स्थानमा डेनिस, काृउटिन्होको स्थानमा पाउलिन्हो र केही समय बाँकी छँदा राकेटिचको स्थानमा इनियष्टालाई मैदानमा पठाए । उनको निर्णय सही सावित पनि भयो । किनकी आउँदा क्लासिको भिडन्तको लागि पनि उनले खेलाडी जोगाए । यहाँ हामीले डिर्पोटिभोसँगको खेलमा बार्साका खेलाडीको प्रदर्शनको आधारमा रेटिङ्ग तयार पारेका छौं । रेटिङ्गको पूर्ण अंक १० रहेको छ ।

टेर स्टेगन ७

खेलको १७ औं मिनेटमा डिर्पोटिभोलो पाएको कर्नर बलमा डिपोकै खेलाडीले हानेको बललाई अत्यान्त सुन्दर ढंगले बचाए । खेलको ६९ औं मिनेटमा टेर स्टेगनले गोल लाइनबाट डेपोका खेलाडीले गरेको हेडिङ बल बचाए । विशेष गरेर पहिलो हाफमा बचाएको गोल निकै सुन्दर थियो ।

नेल्सन सेमेडो ६

समेडोेले राइट ब्याकमा ठिकै खेल खेले । तर उनले क्लियर बलहरुले बार्सिलोनामाथि डेपोले दवाव सृजना गरेको थियो । डेपोको फरवार्डलाई रोक्न उनलाई सहज भएन ।

जेरार्ड पिके ७

घरेलु मैदानमा डेपोले आक्रमक खेल खेल्दा डिफेन्स पिकै निकै सर्तक देखिए । अफसाइड ट्रर्याप बनाउने देखि विपक्षीको स्ट्राइकरले बनाउने मुभको बारेमा पनि उनी सतर्क रहे । खेलको ६० औं मिनेटमा डेपोको डिबक्समा जेरार्ड पिके जगलिङ गरेर आफ्नो कला पनि देखाइहाले । खेलको उत्तरार्धमा उनले गोल गर्ने मौका पनि गुमाए ।

स्यामुअल उम्टीटी ६

डेपोका स्ट्राइकर पेरेज भालेलाई रोक्नको लागि उम्टीटी ब्यस्त रहे । उनी बलसँगै वा बलबिना नै रहेका उनीहरुलाई आँखा लगाइरहे । तर, एम्री कोलाकले गोल गर्दा उनी दोषी देखिए । उनको प्रदर्शन सन्तोषजनक देखिएन ।

जोर्डी अल्बा ६

खेलको ३३ औं मिनेटमा डेपोका खेलाडी बेर्जा भालेकोबलको बललाई इन्टरसेप्ट गरे । ४० औं मिनेटमा डेपोको लागि लुकासले गोल गर्दा अल्बा आफ्नो स्थानबाट डिबक्सभित्र आउँदा पनि गोल हुनबाट बचाउन सकेनन् । ५४ औं मिनेटमा स्वारेजले दिएको पास मेसीलाई मिलाईदिए तर गोल गर्न सफल रहेनन् ।

सजिर्या बुस्क्वेट्स ७

घरेलु मैदानमा आक्रामक बल खेलेका डेपोका खेलाडीरुलाई रोक्नको लागि बुस्क्वेट्सको प्रयास सफल रह्यो । उनी चोटबाट पूर्णतया मुक्त भएको देखिएका थिए ।

इभान राकेटिच ७

बार्सिलोनालाई पराजित गरेमा डेपो रेलिगेसनबाट बच्ने झिनो सम्भावना थियो त्यसैले ‘डु अर डाई’ खेलको रणनीति बनाएका डेपोबिरुच राकेटिचको भूमिका महत्वपूर्ण थियो । उनी बुस्क्वेट्सकै लाइनमा रहेर डिफेन्सिभ भूमिकामा बढी देखिए ।

फिलिप कोउटिन्हो ७

खेलको ७ औं मिनेटमा नै डेम्बेलेको पासमा गोल गरेर टोलीलाई अबे मैदानमा अग्रता दिए । कोउटिन्होले डम्बेले तथा मेसीसँग पनि तालमेल मिलाएर खेल्न सके ।

डेम्बेले ७

७ औं मिनेटमा कोउटिन्होलाई गोल गर्ने बल उपलब्ध गरायदिए । २२ औं मिनेटमा पनि डेम्बेलेले सेमेडोसँग मिलेर डेपोको डिबक्समा गोलको लागि बल मिलाए । उनी डेनिसबाट रिप्लेस भए ।

लुईस स्वारेज ८

खेलको २९ औं मिनेटमा लियोनल मेसीलाई डिबक्सभित्रबाट गोलको लागि मेसीलाई पास मिलाईदिए तर, मेसी गोल गर्नमा असफल रहे । बार्साको दोस्रो गोलको लागि मेसीलाई सुन्दर पास मिलाईदिए । ५४ औं मिनेटमा जोर्डी अल्बासँग मिलेर गोलको लागि प्रयास गरे । खेलमा उनले मेसीलाई ह्याट्रिक गर्नमा सहयोग गरे । मेसीको तीनै गोलको एसिस्ट उनीबाट नै भयो ।

लियोनल मेसी ९

खेलको ३० औं मिनेटमा बार्साले पाएको कार्नरमा मेसीले टप राईट कर्नरमा बल प्रहार गरे तर गोलकिपर रुवेन मार्टिनेजले बचाए । खेलको ३८ औं मिनेटमा स्वारेजको पासमा मेसीले वाइट एंगल भली गोल गरे । बेन्चमा रहेका इनियष्टाले उठेर मेसीको गोलको लागि ताली बजाए । खेलको ८२ औं मिनेटमा स्वारेजको पासमा मेसीले गोल गरेर २–२ गोलको बराबरीबाट अग्रता लिए । त्यस्तै, स्वारेजकै पासमा खेलको ८५ औं मिनेटमा मेसीले गोल गरी ह्याट्रिक पुरा गरे ।
मेसी ला लिगा इतिहासमै ७ फरक सिजनमा ३० गोलभन्दा माथि गोल गर्ने खेलाडी बने ।

बैकल्पिक खेलाडी

डेनिस स्वारेज ७

६८ औं मिनेटमा डेनिस डेम्बेलेको स्थानमा मैदान प्रवेश गरे । ७६ औं मिनेटमा उनले डिबक्सभित्र चिप बल खेले तर, मेसी अफसाइड पोजिसनमा रहेकोले प्यासिभ बसे स्वारेजले रन बनाए तर गोल गर्न असफल रहे । मेसीको दोस्रो गोलको लागि डेनिसको ठूलो योगदान रह्यो ।

पाउलिन्हो ६

७४ औं मिनेटमा पाउलिन्हो कोउटिन्होको स्थानमा मैदान प्रवेश गरे । उनको योगदान खासै केही नदेखिए पनि खेलमा उनी आएपछि २ गोल गर्न सफल रह्यो ।

आन्द्रेज इनियष्टा

इनियष्टा बेन्चबाट उमेर मैदान प्रवेशको लागि वार्मअप गरिरहँदा डेपोका समर्थकहरुले उच्च आदर गर्दै तालि बजाए । उनी ८७ औं मिनेटमा इभान राकेटिचको स्थानमा मैदान प्रवेश गरे ।

३० अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: प्रतिष्ठाको लडाइँ ‘एल क्लासिको’

मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले ४ खेल बाँकी छँदा नै जित्यो ला लिगा उपाधि

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here