मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले ४ खेल बाँकी छँदा नै जित्यो ला लिगा उपाधि

बार्सा नेपाल । बार्सिलोनाले जारी सिजनको स्पेनिस घरेलु लिग ला लिगाको उपाधि सुरक्षित गरेको छ । केही बेरअघि डिर्पोटिभोको घरेलु मैदानमा उसैलाई ४–२ गोलले हराएर जारी सिजनको ला लिगा उपाधि कब्जा गरेको हो ।

खेलमा बार्सिलोनाको लागि ७ औं मिनेटमा डेम्बेलेको पासमा गोल गर्दै कोउटिन्होले गोल गरेका थिए । त्यस्तै, खेलमा लियोनल मेसीले ह्याट्रिक पुरा गरे । उनले लुईस स्वारेको पासमा ३८ औं, ८२ औं तथा ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

उता डिर्पोटिभोको लागि खेलको ४० औं मिनेटमा लुकास पेरेज तथा ६४ औं मिनेटमा एम्री कोलाकले गोल गरे ।

लिगमा ४ खेल बाँकी छँदा नै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ११ अंकदूरी कायम गरेर ला लिगा आफ्नो नाममा राखेको हो । लिगमा ३४ खेल खेल्दा बार्सिलोनाले २६ खेलमा जित, ८ खेलमा बराबरी गरी ८६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ३५ खेलबाट २२ खेलमा जित, ९ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरेर ७५ अंक जोड्न सक्यो ।

जारी सिजन सहित बार्सिलोनाले हालसम्म २५ वटा ला लिगा उपाधि कब्जा गरेको छ । बार्सिलोनाले विशेषत सन् २००४ देखि ला लिगामा आफ्नो पकडमा राखेको छ । क्लबले उक्त समयदेखि ९ वटा ला लिगा उपाधि आफ्नो नाममा राखेको छ ।

सबैभन्दा बढी ला लिगा जित्ने टिम रियल मड्रिड हो । रियलको नाममा ३३ वटा ला लिगा उपाधि रहेको छ । रियलले गत सिजनको ला लिगा जितेको थियो । त्यस्तै, एथ्लेटिको मड्रिडले १० पटक, एथ्लेटिक क्लबले ८ पटक, भ्यालेन्सियाले ६ पटक, रियल सोसिडाडले २ पटक, डिर्पोटिभेले १ पटक, सेभियाले १ पटक तथा रियल बेटिसले १ पटक ला लिगा उपाधि जितको छ ।

३० अप्रिल २०१८ मा प्रकाशित

जारी सिजनको ला लिगा विजेता बार्सिलोनालाई क–कसको बधाई ?

NEXT MATCH: प्रतिष्ठाको लडाइँ ‘एल क्लासिको’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here