कतार कपको फाइनलमा बार्साका पूर्व कप्तान जाभीलाई रेड कार्ड (भिडियो सहित)

बार्सा नेपाल । बार्सिलोनाका पूर्व कप्तान जाभी हर्नान्डेजले कतार कपको फाइनलमा रेड कार्ड पाएका छन् । कतारको अल साद क्लबका जाभीले अल दुहिलीसँगको फाइनल खेलको अन्तिम मिनेटमा रेफ्रिले विपक्षी टिमलाई दिएको पेनाल्टीबिरुद्ध अपिल गरेपछि रातो कार्ड भेटेका हुन् ।

नियमित समयसम्म १–१ गोलको बराबरीमा सकिएको खेलमा ५ मिनेटको इन्जुरी समय थपिएको थियो । अन्तिम समयमा अल दुहाईलाई पेनाल्टी दिइएको थियो । उक्त निर्णय गलत भएको भनेर बेन्चमा रहेका जाभीले अपिल गर्दा रातो कार्ड पाएका हुन् । त्यस्तै रेफ्रीको निर्णय गलत भनेपछि अल सादका प्रशिक्षक जेसोल्दा फेरेरालाई पनि मैदान बाहिर पठाएका थिए ।

उक्त खेलमा ग्रानाडाका पूर्व खेलाडी यसुफ एल अरबीले पेनाल्टीमा गोल गरि अल दुहिलीलाई कतार कप जिताएका थिए । जाभीको क्लब भने उपविजेतामा नै सीमित बनेको थियो ।

जाभीले कतारमा पाएको त्यो पहिलो रेड कार्ड हो । उनी बार्सिलोनामा दुई पटक रेड कार्डको शिकार बनेका थिए । दुबै पटक दाहोरो पँहेलो कार्डको कारण शिकार बनेका थिए ।

२९ अप्रिल २०१८ मा प्रकाशित

इनियष्टा पनि नचिन्नेले के फुटबलकाे गफ लाउनु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here