MATCH DAY डिर्पोटिभोलाई हराए वा बराबरी खेल आज बार्साले ला लिगा उपाधि जित्ने

बार्सा नेपाल । बार्सिलोनाले आज लिगको ३४ औं खेल डिपोर्टिभोलको घरेलु मैदान रियाजोरमा खेल्दैछ । उक्त खेलमा घरेलु टिमले बार्सिलोनालाई ‘गार्ड अफ अर्नर’ दिने भएको छ । सोमबार बिहान साढे १२ बजे (नेपाली समयअनुसार) हुने खेल अघि डिर्पोटिभोले बार्सिलोनालाई कोपा डेल रे उपाधि जितेकोमा गार्ड अफ अर्नर दिन लागेको हो । यस कुराको पुष्टी क्लबले नै गरिसकेको छ ।

डिर्पोटिभोलाई हराएमा वा कम्तीमा बराबरी खेलेमा बार्सिलोनाले यो सिजनको ला लिगाको उपाधि हत्याउने छ । लिगको १८ औं स्थानमा रहेको डिर्पोटिभोलाई बार्सिलोनाले हराएको खण्डमा लिगको ४ खेल बाँकी छँदा नै ला लिगा उपाधि बार्सिलोनाको नाममा रहन्छ ।

बार्सिलोनाले ला लिगाको ३३ खेल खेल्दा ८३ अंक जोडेको छ भने १ खेल बढी खेलेको एथ्लेटिको मड्रिडको ७२ अंक तथा रियल मड्रिडको ६८ अंक रहेको छ ।

यसअघि पहिलो चरणको खेलमा बार्सिलोनाले घरेलु मैदानमा डिर्पोटिभोलाई ४–० गोलले परास्त गरेको थियो । उक्त खेलमा लुइस स्वारेजले दुई गोल तथा पाउलिन्होले पनि दुई गोल गरेका थिए ।

२९ अप्रिल २०१८ मा प्रकाशित

बार्सिलोनालाई डिर्पोटिभोले ‘गार्ड अफ अर्नर’ दिने

इनियष्टा पनि नचिन्नेले के फुटबलकाे गफ लाउनु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here