रियल मड्रिडका प्रशिक्षक जिदानले इनियष्टाको तारिफ यसरी गरे

बार्सा नेपाल । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आन्द्रेज इनियष्टाले बलोन डि‘ओर जित्नुपर्ने तर्क व्यक्त गरेका छन् । शुक्रबार क्याम्प नाउमा पत्रकार सम्मेलन गरेर इनियष्टाले बार्सिलोना छोड्ने निर्णय गरेसँगै जिदानले इनियष्टा बलोन डि‘ओरको लागि योग्य भएको कुरा उल्लेख गरेका हुन् ।

इनियष्टाले स्पेनको लागि सन् २०१० को विश्वकपको फाइनलमा नेदरल्याण्डविरुद्ध गरेको विजयी गोलले इनियष्टाले ठूलो सम्मान पाउनुपर्ने उनको तर्क थियो । लेगानेसबिरुद्धको खेलअघि पत्रकारहरुसँग कुरा गर्दै जिदानले आफूले दुई/तीन पटक इनियष्टा खेल्ने मौका पाएको उनी निकै रिजर्भ भएकै कारणले ऊर्जावान् खेलाडी रहेको उनको भनाई थियो ।

उनले भनेः ‘मलाई फिल्डमा आफ्नो क्षमता देखाउने तर मैदान बाहिर शान्त रहने स्वभावका खेलाडी मन पर्छ । मसँग इनियष्टाको लागि राम्रा शब्दहरु मात्रै छन् । राम्रो खेलाडी र राम्रो मान्छे भएको कारण म उनलाई शुभकामना दिन चाहान्छु ।’

जिदानले बार्सिलोना छोड्ने निर्णय गरे पनि यूरोपियन क्लबबाहेक अन्त जाने निर्णय गरेका छन् । तर, कुन क्लब भनेर तोकेका छैनन् ।

२८ अप्रिल २०१८ मा प्रकाशित

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here