बार्सिलोना छोड्ने निर्णय लिँदा उनी कयौं रात सुत्न सकेनन्ः इनियष्टाकी श्रीमती

बार्सा नेपाल । जारी सिजनको अन्त्यसँगै फुटबल क्लब बार्सिलोना छोड्ने निर्णय गरेका कप्तान आन्द्रेज इनियष्टाले शुक्रबार आफ्नो जीवनसंगिनी आनो ओर्टिजलाई पनि धन्यवाद दिए । विगत १५ वर्षदेखि इनियष्टासँगै बस्दै आइरहेकी ओर्टिजले इनियष्टाको पत्रकार सम्मेलनपछि रेडियो बार्सिलोनासँग कुरा गर्दै आफ्नो श्रीमान् लाई बधाई दिइन् ।

रेडियोसँगको कुराकानीमा उनले भनिन्ः ‘इनियष्टाको बिदाई यतिको सुखद् होला भनेर कल्पना नै गरेकी थिइन ।’ उनले थपिन् ‘इनियष्टा स्टार हुन् । उनप्रतिसबैले यतिको सद्भाव देखाएका छन् त्यो इनियष्टाले साँच्चै लायक पनि छ ।’

आनाका अनुसार इनियष्टाले बार्सिलोना छोड्ने निर्णय लिनुअघि कयौं रात नसुतिकन बिताएका थिए । इनियष्टाजस्तो खेलाडीको लागि यस्तो निर्णय लिनु साँच्चै कठिन थियो । तर, निर्णय लने समय आइसकेको कारणले गर्दा उनले निर्णय लिएको बताए । उनी सँधै भन्ने गर्थे ‘म बार्सिलोनामै बसिरहने हो भने म शतप्रतिशत फिट हुनुपर्छ ।’

आनाले इनियष्टा कति राम्रो मान्छे रहेछन् भन्ने कुरा उनले क्लब छोड्ने निर्णय गरेपछि अझै प्रश्ट भएको बताइन् । मलाई अझै याद छ एक जना व्यक्तिले इनियष्टालाई भनेका थिए ‘यो देशमा नैतिकता वा सिद्धान्त छैन तर तिमी त्यसको उदाहरण हौं ।’

रेडियोमा उनले भने ‘उनले यी सब कुराहरु पाइरहेका छन् किनकी यो सबै जायज छ । मलाई लाग्दैन कुनै पनि कुराहरु नाजायज छन् र । इनियष्टा साँचै राम्रो मान्छे हुन् ।’

२८ अप्रिल २०१८ मा प्रकाशित

बार्सिलोनबिरुद्ध खेल्नुपर्छ भनेर मैले यूरोपको क्लबमा नजाने निर्णय गरेः इनियष्टा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here