NEXT MATCH: बार्सिलोनालाई डिर्पोटिभोले ‘गार्ड अफ अर्नर’ दिने

बार्सा नेपाल । बार्सिलोनालाई डिर्पोटिभोले उसैको घरेलु मैदान रियाजोरमा बार्सिलोनालाई ‘गार्ड अफ अर्नर’ दिने भएको छ । सोमबार बिहान साढे १२ बजे (नेपाली समयअनुसार) हुने खेल अघि डिर्पोटिभोले बार्सिलोनालाई कोपा डेल रे उपाधि जितेकोमा गार्ड अफ अर्नर दिन लागेको हो । यस कुराको पुष्टी क्लबले नै गरिसकेको छ ।

यदि आइतबार हुने खेलमा लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले आलाभेजलाई जितेको खण्डमा ला लिगा उपाधि सुरक्षित गर्नको लागि बार्सिलोनाले डिर्पोटिभोसँग जित वा बराबरी खेल्नुपर्ने हुन्छ । लिगको १८ औं स्थानमा रहेको डिर्पोटिभोलाई बार्सिलोनाले हराएको खण्डमा लिगको ४ खेल बाँकी छँदा नै ला लिगा उपाधि बार्सिलोनाको नाममा रहन्छ ।
बार्सिलोनाले ला लिगाको ३३ खेल खेल्दा ८३ अंक जोडेको छ भने १ खेल बढी खेलेको एथ्लेटिको मड्रिडको ७२ अंक तथा रियल मड्रिडको ६८ अंक रहेको छ ।

यसअघि पहिलो चरणको खेलमा बार्सिलोनाले घरेलु मैदानमा डिर्पोटिभोलाई ४–० गोलले परास्त गरेको थियो । उक्त खेलमा लुइस स्वारेजले दुई गोल तथा पाउलिन्होले पनि दुई गोल गरेका थिए ।

२८ अप्रिल २०१८ मा प्रकाशित

बार्सिलोनबिरुद्ध खल्नुपर्छ भनेर मैले यूरोपको क्लबमा नजाने निर्णय गरेः इनियष्टा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here