बार्सिलोनबिरुद्ध खेल्नुपर्छ भनेर मैले यूरोपको क्लबमा नजाने निर्णय गरेः इनियष्टा

बार्सा नेपाल । आधुनिक फुटबलका प्रणेता तथा बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टाले क्लबले राम्रा खेलाडीहरुलाई स्थान दिने हुनाले आफूले ढोका खुल्ला गरिदिन लागेको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आँशु झार्दै आफूले यसै सिजनको अन्त्यबाट क्लब छोड्न लागेको बताएका हुन् ।

२२ वर्षअघि बार्सिलोनामा प्रवेश गरेका उनको वरपर क्लबका निर्देशकहरु तथा समकक्षी (मेसी र स्वारेज बाहेक) हरु रहेका थिए । सुरुमा उनलाई कुरा गर्न पनि निकै गाह्रो भइरहेको थियो । कुराको सुरु गर्दै उनले भने ‘म आफू र क्लबप्रति इमान्दार बन्दै भन्दैछु मैले क्लब छोड्ने बेला आइसक्यो । बार्सिलोनामा मेरो यो अन्तिम सिजन हो ।’

‘म मेरो क्लबप्रति सँधै लचक हुनेछु । म १२ वर्षको हुँदा मलाई क्लबले ल्याएको थियो मैले अब क्लबको क्लबको लागि मानसिक तथा शारीरीक रुपमा दिन सक्दिन ।’ उनको आशय थियो अब क्लबको लागि मैले बाटो खोलिदिनुपर्छ जसले गर्दा अर्को राम्रो खेलाडीले स्थान पाओस् भन्ने हो ।

‘मैले क्लब छोड्ने निर्णय गर्नु मेरो लागि जीवनकै कठिन निर्णय हो । मेरो लामो समयदेखिको घरलाई छोडेर जाने निर्णयले मलाई अत्यान्त दुखी बनाएको छ । मलाई थाहा छ यो निर्णयले मलाई निकै पीडा दिन्छ ।

इनियष्टाले आफूलाई यूरोपका अन्य क्लबबाट अफर आएको तर बार्सिलोनाबिरुद्ध खेल्नुपर्छ भनेर मैले सबैलाई हुन्न भनेको कुरा पत्रकार सम्मेलनमा भनेका थिए ।

उनले यी कुराहरु भनिरहँदा क्लबका अध्यक्ष निर्देशक, पदाधिकारी, प्रशिक्षक तथा समकक्षी खेलाडीहरुको अनुहारक निकै मलिन थियो ।

२७ अप्रिल २०१८ मा प्रकाशित

‘इनियष्टाले बलोन डि’ओर भन्दा पनि ठूलो अवार्ड पाएका छन्’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here