यस्तो भए रियल मड्रिडले होइन डिर्पोटिभोले बार्सिलोनालाई ‘गार्ड अफ अर्नर’ दिने

बार्सा नेपाल । स्पेनिस घरेलु लिग ला लिगामा ३३ खेल खेलेर ८३ अंक जोडेको बार्सिलोना लिगको शिर्ष स्थानमा रहेको छ । बार्सिलोनाभन्दा १ खेल बढी खेलेको एथ्लेटिको मड्रिडको जम्मा ७२ अंक रहेको छ । यी दुईबीचको अंकदूरी ११ रहेको छ ।
बार्सिलोनाले लिगको बाँकी ५ वटै खेल जितको खण्डमा थप १५ अंक जोड्न सक्छ ।

यदि एथ्लेटिको मड्रिडले बाँकी ४ वटै खेलमा जित दर्ता गरेको खण्डमा १२ अंक जोड्न सक्छ । तर, ला लिगाको आगामी खेल बार्सिलोनाभन्दा एथ्लेटिको मड्रिडले चाँडै खेल्दैछ । एथ्लेटिको मड्रिडले आइतबार राति ८ बजे लिगको १३ औं स्थानमा रहेको आलाभेजसँग उसैको घरेलु मैदानमा खेल्दैछ । यदि सो खेलमा एथ्लेटिको मड्रिडले पराजय व्यहोरेमा बार्सिलोनाले उपाधिको नतिजाको लागि डिर्पोटिभोसँगको खेल कुर्न नै पर्दैन ।

उक्त खेलमा हार व्यहोरेको खण्डमा एथ्लेटिको मड्रिडसँग मात्र ३ खेल बाँकी हुन्छ । उसले उक्त खेलबाट मात्रै ९ अंक जोड्न सक्छ । तर बार्सिलोनाले ११ अंकको दूरी कायम गरिएको हुन्छ ।

एथ्लेटिको मड्रिडलेभन्दा बार्सिलोनाले ढिलो खेल खेल्न लागेको छ । बार्सिलोनाले लिगको ३४ औं खेल डिर्पोटिभोसँग खेल्दैछ । उक्त खेल सोमबार बिहान साढे १२ बजे (नेपाली समयअुनसार) संचालन हुनेछ । यदि उक्त खेलभन्दा नै अघि बार्सिलोना विजयी भएको खण्डमा डिर्पोटिभोले बार्सिलोनालाई ‘गार्ड अफ अर्नर’ दिनुपर्ने हुन्छ ।

उता तेस्रो स्थानमा रहेको रियल मड्रिडले ३३ खेलबाट ६८ अंक जोडेको छ । उसले ५ खेल खेल्न बाँकी छ । रियलले उपाधि जित्नको लागि बार्सिलोनाले सबै खेलमा हार व्यहोरेर मात्रै पुग्दैन उसले गोल अन्तर पनि बढी बनाउनुपर्छ ।

थप समाचार

यद्यपी डिर्पोटिभोले बार्सिलोनालाई कोपा डेल रे जितेकोमा गार्ड अफ अर्नर दिने बताइसकेको छ । यदि एथ्लेटिको मड्रिडले हार व्यहोरेको खण्डमा पनि ला लिगाको ला लागि पनि गार्ड अफ अर्नर दिनेछ । रियल मड्रिडले भने बार्सिलोनालाई गार्ड अफ अर्नर दिन आनाकानी गर्दै आइरहेको छ ।

२७ अप्रिल २०१८ मा प्रकाशित

मेसी किन सदाबहार देखिन्छन् ? यस्तो छ कारण

NEXT MATCH: एल क्लासिको अघि ला लिगा जित्ने दाउमा बार्सिलोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here