‘इनियष्टाले बलोन डि’ओर भन्दा पनि ठूलो अवार्ड पाएका छन्’

बार्सा नेपाल । बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टाले क्लब छोड्ने तयारी गरिरहँदा पूर्व गोलकिपर जोसे म्यानुअल पिन्टोले इनियष्टाले बलोन डि’ओर भन्दा पनि ठूलो अवार्ड पाएको कुरा बताएका छन् । पिन्टोका अनुसार इनियष्टाले कुनै पनि फुटबल स्टारले नपाएको सम्मान इनियष्टाले पाएको कुरा बताएका हुन् । जुन बलोन डि‘ओर भन्दा पनि ठूलो रहेको उनको बुझाई छ ।

सेभियासँगको कोपा डेल रेको फाइनलमा इनियष्टालाई वान्डा मेट्रेपोलिटानोमा सबै फ्यानहरुले स्ट्यान्डिङ ओभियसन दिएका थिए । क्याम्प नाउमा भएको पत्रकार सम्मेलनमा पिन्टोले बलोन डि‘ओरभन्दा पनि ठूलो सम्मान सबै फ्यानहरुको हुनु साँचै राम्रो कुरा भएको उनको भनाई छ ।

इनियष्टाको बारेमा कुरा गर्दै उनले भनेः

– ‘इनियष्टा साँचै राम्रो मान्छे हुन् । उनको बानी राम्रो छ । परिवारको बारेमा ख्याल गर्छन् । उनी विश्वको लागि उदाहरण हुन् ।’
– ‘म हरेक पटक इनियष्टाको बारेमा सोच्छु, उनी मलाई राजा जस्तो लाग्छ ।’

सन्यास लिँदै पिन्टोले भनेः बार्सा छोडेर अन्त जान मन लागेन बरु संगीत कर्ममा लागे

२६ अप्रिल २०१८ मा प्रकाशित

सन्यास लिँदै पिन्टोले भनेः बार्सा छोडेर अन्त जान मन लागेन बरु संगीत कर्ममा लागे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here