बार्सा बीमा संकट आउनुको ५ कारण यस्तो

बार्सा नेपाल । सेगुन्डा डिभिजन खेलिरहेको बार्सा बी रेलिगेसनको संघारमा पुग्नै लाग्दा प्रशिक्षक जेरार्ड लोपेजलाई बर्खास्त गरिएको छ । सामान्यतयाः बार्सिलोनाले प्रशिक्षकहरुलाई अन्य क्लबहरुले जस्तो निकाल्दैन तर, लोपेजले नेतृत्व लिएको बार्सा बीले जारी सिजनमा अत्यान्तै खराब प्रदर्शन गर्न पुग्यो । सोही कारणले उनको बिकल्पमा बार्सा अन्डर १९ उमेर समूहका प्रशिक्षक रहेका जाभीयर गार्सियालाई बार्सा बीको जिम्मेवारी दियो । बार्सिलोनाको उत्पादनहरुले सिनियर टिममा प्रवेश पाउने अन्तिम खुड्किलोको रुपमा रहेको बार्सा बीलाई रेलिगेसनबाट बचाउनको लागि गार्सियाले महत्वपूर्ण भूमिका पाएका हुन् । उनको नेतृत्वको अन्डर १९ टिमले युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

सेगुन्डा डिभिजनमा बार्सिलोनाले अब मात्र ६ खेल खेल्न बाँकी छ । यी ६ खेलबाट गार्सियाले सुखद नतिजा ल्याउनु आवश्यक छ ।

यहाँ, हामीले लोपेजले नेतृत्व गरेको बार्सिलोना बीले किन राम्रो खेल्न सकेन ? यसबारेमा जानकारी प्रस्तुत गरेका छौं ।

लामो समयदेखि मुख्य खेलाडीहरु घाइते हुनु

बार्सा बीका केही महत्वपूर्ण खेलाडीहरु लामो समयदेखि घाइते रहेका छन् । मिडफिल्डरहरु फेरान सारसानेडस् तथा ओरिओल बुस्क्वेट्स बार्सा बीका मुख्य खेलाडी थिए । उनीहरुले सेगुन्डाको ८ खेल मात्रै खेल्न पाए ।
त्यस्तै, जोसे आर्नाइज पनि फ्रेब्रुअरीदेखि मैदान बाहिर रहेका छन् । साथै मार्क कार्डोना, मार्टिन होङ्ला तथा इनागो डी गालारेटा पनि मैदान बाहिर रहेको कारणले बार्सा बी समस्यामा परेको छ ।

नयाँ खेलाडीहरुको प्रदर्शन स्तरिय नहुनु

विन्टर ट्रान्सफरमा बार्सा बीले केही खेलाडीहरु भित्र्याए । साथै केही खेलाडीहरु लोनमा पनि ल्याए तर उनीहरुको प्रदर्शन स्तरिय छैन । क्रिस्टियन रिभेरा, मार्कोस म्याक गुइने, बोलाउ ताब्ला, मार्टिन होङ्लाको प्रदर्शनले क्लबलाई गति दिन सकेको छैन ।

पहिलो टिम र युथ टिमबीचको चेपुवामा बार्सा बी

बार्सा बीका खेलाडीहरु कहिलेकाँही पहिलो टिममा जाने कहिलेकाँही युथ टिममा जाने गर्नाले टिममा समस्या पर्ने गरेका छन् । यही कुरा जेरार्ड लोपेजले पत्रकार सम्मेलनमा कुरा उठाउने गरेका थिए ।
कार्लेस पेरेज, अबियल रुइज, ड्यानी मोरेर, मिरान्डा तथा रिक्वी पुइगी युथ टिममा जाने तथा कार्लेस एलेना, जोसे आर्नाइजलाई सिनियर टिममा अर्नेष्टो भालभर्डेले बोलाउने गरेको कारण बार्सा बीमा संकट आएको हो ।

खल्नै शैलीमा समस्या

बार्सा बीले अंक जोड्न नसक्नु एउटा समस्या त हो नै तर, टोलीको खेल्ने शैलीमा नै समस्या छ । बार्सा बीको परिचय नै गुम्ने गरि खेलाडीहरुले खेलिरहेका छन् । बार्सा बीलाई खेलको दौरान विपक्षी टिमले कुनै पनि बेला आक्रमण गरिहेका छन् । त्यसैले नतिजा पनि राम्रो आउन सकेको छैन ।

घरेलु मैदानमै खराब नतिजा

टिमले घरेलु मैदान मिनी स्टेडियममा नै राम्रो नतिजा ल्याउन सकेको छैन । जारी सिजनको बार्सिलोना बीको घरेलु मैदानको रेकर्ड हालसम्मकै खराब नतिजा हो । जारी सिजनमा बार्सा बीले ४ वटा मात्रै खेल जितेको छ । टिमले कोर्डोबा, लोर्का, स्र्पोटिङ गिजोन तथा ग्रनाडालाई हराएको हो । साथै ५ वटा बराबरी तथा ९ वटा हार व्यहोरेको हो ।

२६ अप्रिल २०१८ मा प्रकाशित

लोपेज बर्खास्त, युथ च्याम्पियन्स लिग जिताउने गार्सियालाई बार्सा बीको जिम्मेवारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here