सन्यास लिँदै पिन्टोले भनेः बार्सा छोडेर अन्त जान मन लागेन बरु संगीत कर्ममा लागे

बार्सा नेपाल । सन् २०१४ मा बार्सिलोना छोडेका पिन्टोले बिहीबार फुटबलबाट आदिकारीक रुपमा सन्यास लिएका छन् । बिहीबार क्याम्प नाउमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संगीतकार समेत रहेका पिन्टोले अबको दिन संगीत कर्ममै बिताउने बताएका छन् ।

आफ्नो सन्यासको बारेमा बोल्दै उनले भने ‘बार्सिलोनामै हुँदा मलाई अन्य क्लबबाट पनि खेल्नको लागि अवसर आएका थिए तर, मलाई बार्सिलोनाभन्दा अन्य क्लबको खेलाडी हुन म लागेन । बरु संगीत क्षेत्रमै थप केही गर्ने सोच म मा रहेको छ ।’
पिन्टो बार्सिलोनालाई निकै बुझ्ने खेलाडी हुन् । भिक्टोर भाल्डेस मुख्य गोलकिपर हुँदा उनले भाल्डेसलाई नै साथ दिइरहे । उनमा धैर्य गर्ने क्षमता रहेको थियो ।

सन् २००८ मा सेल्टाबाट लोनमा आएका पिन्टोले सन् २०१४ मा क्लब छोडेका हुन् । उनले बार्सिलोनाबाट मात्र ३१ खेल खेल्न पाएका थिए ।

उनी बार्सिलोनमा आएपछि क्लबले ३ वटा ला लिगा, २ वटा कोपा डेल रे, ४ वटा सुपर कोपा, २ वटा च्याम्पियन्स लिग, २ वटा युईएफए सुपर कप तथा १ वटा फिफा क्लब वल्र्ड कप जितेको थियो ।

२६ अप्रिल २०१८ मा प्रकाशित

भारतीय टिमका कप्तान कोहली भन्छन्ः क्रिकेटको मेसी डी भिलियर्स (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here