इतिहासकै सबैभन्दा उत्कृट फुटबल खेलाडी मेसीबारे केही कुरा

बार्सा नेपाल । इतिहासकै सबैभन्दा उत्कृट फुटबल खेलाडी लियोनल मेसीलाई सीमित फुटबल समर्थकहरुले मात्रै पोर्चुगलका स्ट्राइकर रोनाल्डोसँग तुलना गर्ने गर्छन् । मेसीले अर्जेन्टिनाको लागि उपाधी नै जित्न नसके पनि उनको प्रर्दशन तारिफयोग्य छ । फुटबल एक्लो खेलाडीले खेल्ने खेल नभएको कारणले गर्दा अर्जेन्टिनाले उपाधी जित्न नसक्नुमा मेसी दोषी छैनन् । उनले देशको लागि पनि कयौं किर्तिमानी राखेका छन् ।

उनको क्लब बार्साबाट त उनले जित्न बाँकी उपाधी र व्याक्तिगत अवार्ड कुनै पनि बाँकी नै छैन । बार्सिलोनामा आएपछि उनले ८ वटा लिग उपाधि ४ वटा कोपा डेल रे, ७ वटा सुपर कोपा डे इस्पानिया, ४ वटा च्याम्पियन्स लिग, तीन वटा युइएफए सुपर कप र तीन वटा फिफा क्बल वल्र्ड कप उपाधि जितेका छन् । उनको नाममा ३९ वटा रेकर्ड दर्ता छन् ।

उचाई नबढ्ने रोग

सन् १९८७ को जुन २४ मा अजेन्टिनाको रारियो क्षेत्रमा जन्मेका मेसीको ११ वर्षको कलिलो उमेरमा उनको डाइगनोसिस गरिएको थियो । उनमा उचाइ नबढ्ने समस्या देखिएको थियो । हर्मन डिफिसेन्सी सिन्ड्रोमबाट उनी ग्रसित थिए । उनको उपचारका लागि प्रत्येक महिना ९०० डलर खर्च आवश्यक पथ्र्यो जुन उनको परिवारले जुटाउन सकिरहेको थिएन । तर, यस्ता समस्या र कठिनाइका बीच उनले फुटबलका कला कौशल सिक्न प्रयास गरिनै रहे । अन्ततः विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए ।

मेसीको बीचको नाम (मिडल नेम)

धेरैलाई थाहा नहुन सक्छ मेसीको मिडल नेम पनि रहेको छ । उनको नाम र थरको बीचमा ‘एन्ड्रिस’ पनि छ । यो नाम उनका बुबाले दिएका हुन् । यो नाम दिनुमा परिवारका सदस्यहरुको आफ्नै मान्यता रहेको छ । उनीहरुका अनुसार मेसीका पुर्वजहरु इटालियनबाट बसाइ सरेर अर्जेन्टिनाको रोसारियो क्षेत्रमा आएका थिए । त्यसैले उनको पुरा नाम लियोनल एन्ड्रिस मेसी हो ।

लिटल म्याजिसियन

मेसीबारे एउटा स्ट्राइकिङ तथ्य रहेको छ । उनी विश्वकै चर्चित होचा स्टाइकरमा गनिन्छन् । उनको उचाइ १.६९ मिटर रहेको छ । उनको शरीरको उचाइ अन्य फुटबल खेलाडीहरुलाई लिएर तुलना गर्ने हो भने मेसीले शक्तिशाली डिफेन्सलाई कडा चुनौती दिने गरेका छन् । धेरै डिफेण्डरहरु लियोनल मेस्सीलाई रोक्न एकदमै कठिन हुने बताउँछन् । फुटबललाई आफ्नो खुट्टामा राखि राख्न उनी विभिन्न ट्रिकको प्रयोग गर्छन् । अन्य खेलाडीहरुको जस्तोसुकै चुनौतीलाई पनि मात दिन उनी तयार रहेका हुन्छन् ।

व्यवसायीक छलाङ, नेपकिन पेपरमा बार्सासँग सम्झौता

मेसीले आफ्नो फुटबल करिअर ‘निवेल्स ओल्ड बोएज फुटबल क्लब’ बाट सुरु गरेका हुन् । उनले सन् १९९५ देखि २००० सम्म उक्त क्लबमा रहेर फुटबल खेलेका थिए । त्यसपछि उनले फुटबल क्लब बार्सिलोनामा आवद्ध भएका थिए । निकै कलिलो उमेर बार्सिलोना क्लबमा आवद्ध भएका मेसीको कला कौशल देखेपछि उनको उपचार खर्च समेत व्यहोर्ने सहमतिमा उनी बार्सिलोना क्लब गएका थिए । न्यापकिन पेपरमा उनले पहिलो सम्झौता गरेका थिए ।

  • मेसीसँग स्पेन तथा अर्जेन्टिनाको पासपोर्ट रहेको छ । उनले सन् २००५ मा स्पेनको पासापोर्ट लिएका थिए ।
  • सन् २००५ मा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरे । तर, उनले ४७ सेकेण्डमात्र खेल्न पाए कारण थियो उनले ४७ सेकेण्डमै पाएको रातो कार्ड
  • सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा अर्जेन्टिानलाई ‘गोल्ड मेडल’ दिलाउन उनी सफल भएका थिए ।

मेसी उत्कृट फुटबलर हो भनेर प्रमाणित गर्न आवश्यक छैनः म्याराडोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here