लोपेज बर्खास्त, युथ च्याम्पियन्स लिग जिताउने गार्सियालाई बार्सा बीको जिम्मेवारी

बार्सा नेपाल । जारी सिजनमा बार्सिलोना बीको प्रदर्शन निकै खराब भएपछि प्रशिक्षक जेरार्ड लोपेजलाई बर्खास्त गरिएको छ ।

सन् २००० देखि २००५ सम्म बार्सिलोनाको सिनियर टिमबाट समेत खेलेका उनलाई सन् २०१५ मा बार्सिलोना बीको प्रशिक्षकको भूमिका दिइएको थियो तर, जारी सिजनमा बार्सा बी स्पेनिस दोस्रो लिग सेगुन्डा डिभिजनबाट रेलिगेसनमा पर्ने सम्भावना बढेसँगै उनलाई बर्खास्त गरिएको हो ।

कूल २२ टिम रहेको स्पेनिस सेगुन्डा डिभिजनमा बार्सा बी लिगको २० औं सथानमा रहेको छ । लिगमा ३६ खेल सकिँदा बार्सा बीले जम्मा ३७ अंक मात्रै जोडेको छ । बार्सा बीले जारी सिजनमा ८ खेलमा मात्रै जित तर्दा गरेको छ भने २३ खेलमा बराबरी तथा १५ खेलमा हार व्यहोरेको छ ।

यतिको खराब नतिजा निकालेपछि नयाँ प्रशिक्षकको भूमिका फ्रन्सिस्को जाभियर गार्सिया पिमेन्टा अर्थात जाभी गार्सियालाई दिइएको छ । उनको नेतृत्वको बार्सिलोनाको युथ टिमले केही दिनअघि मात्रै चेल्सीलाई पराजित गरेर युथ च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यसको केही दिनपछि मात्रै ठूलो जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै गार्सियाले भने ‘मेरो लागि यो ठूलो परिक्षाको घडी आएको छ । लिगमा केही खेलमात्रै बाँकी छँदा अब टोलीलाई कसरी रेलिगेसनबाट बचाउने भन्नेमा मेरो ध्यान रहनेछ ।’

स्पेनको बार्सिलोनामै जन्मिएका गार्सिया सन् १९८६ देखि बार्सिलोनाको युथ टिममा आबद्ध भएका हुन् । उनी बार्सिलोना सी, बार्सिलोना बी हुँदै सन् १९९६ मा सिनियर टिममा परेको थिए । उनी सन् २००३ देखि प्रशिक्षकको भूमिकामा रहेका छन् । उनले सेन्ट एन्ड्रिउ, बार्सिलोना युथ, बार्सिलोना बीको सहायक प्रशिक्षक तथा बार्सिलोना युथ टिमको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

२६ अप्रिल २०१८ मा प्रकाशित

अपराजित बार्सिलोनालाई युथ च्याम्पियन्स लिगको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here