भारतीय टिमका कप्तान कोहली भन्छन्ः क्रिकेटको मेसी डी भिलियर्स (भिडियो सहित)

बार्सा नेपाल । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एक भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सलाई मेसीसँग तुलना गरेका छन् । कार्यक्रममा उनले मेसीको प्रशंसा गर्दै मेसी प्राकृतिक रुपमा नै फुटबलका लागि बनेका र अन्य खेलाडीभन्दा फरक रहेका बताएका छन् ।

उनले डी भिलियर्सलाई ‘क्रिकेटको मेसी’को रुपमा पनि तुलना गरे । उनले डी भिलियर्ससँग मेसीको जस्तै प्राकृतिक रुपमा खेल्न सक्ने क्षमता रहेको समेत बताए । उक्त अन्तर्वार्तामा उनले भनेका छन् ‘फुटबलमा मेसी र क्रिकेटमा एबी डी भिलियर्स यसका उदाहरण हुन् । हामीले दुवै खेलाडीले मैदानमा के गर्छन् भन्ने आफ्नै आँखाले देखेका छौं ।’

त्यस्तै उनले सोही अन्तर्वातामा कोहलीलाई चेन्नई सुपर किंग्स तथा वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले ‘क्रिकेटको रोनाल्डो’ समेत भनेका छन् । अन्तर्वातामा बोल्दै उनले भने ‘कोहलीले रोनाल्डोको जस्तै कडा परिश्रम गर्ने गरेका छन् ।’ तर, शारीरीक बनावट बारे भने तुलना गर्न नमिल्ने उनको तर्क थियो ।

२६ अप्रिल २०१८ मा प्रकाशित

इतिहासकै सबैभन्दा उत्कृट फुटबल खेलाडी मेसीबारे केही कुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here