अर्को सिजनबाट बार्सिलोनाको कप्तान लियोनल मेसी

बार्सा नेपाल । भेटेरान मिडफिल्डर आन्द्रेज इनियष्टा चाइनिज सुपर लिग खेल्न जाने भएपछि आगामी सिजनबाट बार्सिलोनाको कप्तान लियोनल मेसी हुने भएका छन् । १४ सिजनदेखि बार्सिलोनाबाट खेल्दै आएका मेसीले कार्लेस पुयोल, जाभी हर्नान्डेज तथा आन्द्रेज इनियष्टाको मातहतमा रहेर खेल खेलेका थिए ।

मेसी कप्तान हुने भएपछि बार्सिलोनको पछिल्लो चारवटै कप्तान युथ एकेडेमीबाट हुनेछन् । बार्सिलोनाका यी सबै कप्तानको पालामा बार्सिलोना निकै सफल भएको छ ।

‘डन’ इनियष्टा चीन जाने भएपछि उनको लेगेसीलाई मेसीले अवलम्बन गर्नेछन् । मेसी गत वर्षदेखि दोस्रो कप्तान रहेका छन् । उनीपछि सर्जियो बुस्क्वेट्स तथा जाभियर मास्चेरानो रहेका थिए । मास्चेरानो पनि चीन गएपछि उनको स्थान पनि रिक्त रहेको छ ।

प्रि–सिजनमा नै बार्सिलोनाले नयाँ कप्तान तथा अन्य कप्तानहरुको चयन गर्नेछ ।

२५ अप्रिल २०१८ मा प्रकाशित

बैज्ञानिकहरु भन्छन्ः ‘मेसीले गोल हान्दा बार्सिलोना शहरमा भूकम्प आउने गरेको छ’

म्यान्चेस्टर युनाटेडको युथ एकेडेमीमा मेसीको यो फोटो किन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here