लिभरपुलले रोमालाई हरायो

बार्सा नेपाल । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा लिभरपुलले रोमालाई हराएको छ । मंगलबार राति घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलमा लिभरपुलले ईटालीको ए.एस रोमालाई ५–२ ले हराएको हो ।

खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र रोबर्टो फिर्मिनोले दुई–दुई गोल गर्दा सादियो मानेले एक गोल थपे । रोमाका एडिन जेको र डिएगो पेरोटीले एक एक गोल गरेका थिए । गएरातिको जितपछि लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो पार्दा पराजित टोलीले रोमा दोस्रो लेगको खेलपूर्व दवावमा आएको छ ।

२५ अप्रिल २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here