फिफा र युईएफए अवार्ड जित्ने बार्सिलोनाकी लिक मार्टिन्स (भिडियो सहित)

बार्सा नेपाल । लिक मार्टिन्स् बार्सिलोनाको महिला फुटबल टिमका मिडफिल्डर हुन् । सन् १९९२ को डिसेम्बर १६ मा नेदरल्याण्डको बर्गेनमा जन्मिएका उनी सन् २०१७ मा स्विडेनको रोजेनगार्ड फुटबल क्लबबाट बार्सिलोनामा आबद्ध भएकी हुन् ।

नेदरल्याण्डको अन्डर १९ उमेरसमूहकी खेलाडी समेत रहेकी उनी एक सफल महिला फुटबल खेलाडी हुन् । उनले केही महत्वपूर्ण व्याक्तिगत उपाधि हाता पारेकी छिन् । उनले सिजन २०१६/१७ को युइएफए विमन्स बेस्ट प्लेयर्स अवार्ड जितिन् । सो समयमा उनी सिनियर टिमका लियोनल मेसीसँग प्राइभेट जेट चढेर स्विट्जरल्याण्ड पुगकी थिइन् ।

यसका अलावा उनले द फिफा बेस्ट विमन्स प्लेयर्स २०१७, युईएफए विमन्स यूरो २०१७ (प्लेयर्स अफ द टुर्नामेन्ट तथा युईएफए विमन्स यूरो २०१७ (युईएफए टिम अफ द टुर्नामेन्ट) अवार्ड जितिसकेकी छिन् ।

उनी सानो छँदा सँधै रोनाल्डिन्होजस्तो बन्न चाहन्थिन् । रोनाल्डिन्होकै कारण उनी बार्सिलोनामा आबद्ध हुन चाहेकी हुन् । उनी सानो उमेरदेखि नै बार्सिलोनाको समर्थक हुन् ।

भिडियाे,

२५ अप्रिल २०१८ मा प्रकाशित

जारी सिजनमा बार्साको महिला टिमको प्रदर्शन कस्तो ? जित्ला त उपाधि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here