बलोन डि’ओरको आयोजकद्वारा इनियष्टालाई अवार्ड दिन नसकेकोमा क्षमायाचना

बार्सा नेपाल । फ्रान्सको प्रतिष्ठित फुटबल म्यागजिन फ्रान्स फुटबलले इनियष्टालाई बलोन डि’ओर नदिएकोमा क्षमायाचना गरेको छ । उक्त म्यागजिनका प्रमुख ‘पास्कल फेयरी’ले स्पेन तथा बार्सिलोनाका भेटेरान मिडफिल्डर आन्द्रेज इनियष्टा कहिल्यै पनि बलोन डि’ओरबाट सम्मानित नहुँदा आफूलाई लज्जाबोध भएको भन्दै उक्त म्यागजिनको सम्पादकिय लेखेका हुन् ।

हरेक हप्ता प्रकाशित हुँदै आइरहेको उक्त म्यागजिनको पछिल्लो संस्करणमा उक्त कुरा उल्लेख भएको हो । उक्त सम्पादिकयको हेडलाईन ‘सरी आन्द्रेज’ आन्द्रेज हामी क्षमा चाहान्छौं रहेको छ । साथै ‘आन्द्रेजको खेल सँधै एकनासको रहेको छ । उनले खेललाई सँधै सहज बनाए । फुटबल खेल्न निकै कठिन हुन्छ भन्ने पुरातनवादी सोचलाई उनले गलत साबित गरिदिए । उनी बिगत १५ वर्षदेखि फुटबल खेललाई सहज रुपमा लिँदै मैदानमा रमाइरहेका छन् । हरेक चुनौतिहरुलाई परास्त गरेका उनी अब जीवनको नयाँ मोडतर्फ लम्किन लागेका छन् ।’ फेयरीले लेखेका छन् ।

उनी थप्छन् ‘इनियष्टाको नयाँ खेल्ने शैलीले नयाँ पुस्तालाई सहज बनाइदिएको छ । यदि इनियष्टा नभएको भए मेसी बार्सिलोनामा यति चाँडै उदाउने थिएनन् । उनको उच्च प्रदर्शनले विश्व फुटबल जगतले उनलाई चिन्ने मौका पाएको छ । तर, यतिका राम्रो खेलाडीले बलोन डि‘ओर जित्न नसक्नु साँचै दुखको कुरा हो ।’

हरेक वर्ष फ्रान्स फुटबल म्यागजिनले उत्कृष्ट फुटबललाई बलोन डि‘ओर अवार्ड प्रदान गर्दै आइरहेको छ । केही वर्ष अघिसम्म फिफासँग मिलेर फिफा बलोन डि‘ओर अवार्ड प्रदान गदैए आएपनि फ्रान्स फुटबल र फिफाबीचको सम्झौता नविकरण नहुँदा आ–आफ्नै तरिकाले बलोन डि‘ओर अवार्ड र फिफा अवार्ड प्रदान गर्दै आइरहेका छन् ।

२५ अप्रिल २०१८ मा प्रकाशित

बार्साको भविष्यको लागि कप्तान इनियष्टा चीन जाने लगभग पक्का

कप्तान इनियष्टाद्वारा सम्पूर्ण समर्थकसँग एकताको लागि अपिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here