बार्सिलोनाले चाहेमा ड्यानी आल्भेज भोली नै पीएसजी छोडेर आउन तयार

बार्सा नेपाल । बार्सिलोनाको पूर्व खेलाडी ड्यानी आल्भेजले बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका छन् । हाल फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहेका आल्भेजले ग्लोबो टिभीसँग कुरा गर्दै क्याम्प नाउसँग आफ्नो विशेष सम्बन्ध रहेको बताउँदै बार्सिलोना फर्कने सम्भावना अझै नमरेको बताएका छन् ।

उनले बार्सिलोनाले चाहेको खण्डमा आफू भोली नै फर्कनसक्ने समेथत बताएका छन् । उनले भने ‘बार्सिलोना मेरो घर हो, म त्यहाँ फर्कने सम्भावना अझै टरेको छैन । यदि बार्सिलोनाले बोलाएको खण्डमा आफू भोली नै बार्सिलोना फर्कनसक्छु ।’
बार्सिलोनाको बोर्डसँग असन्तुष्टि जनाउँदै उनी इटालीको यूभेन्टसमा आबद्ध भएका थिए । बार्सिलोनामा ८ वर्ष बिताएका उनले २३ वटा उपाधि जित्नको लागि सघाउ पुर्याए ।

‘मैले बार्सिलोनाको राम्रो इतिहासको लागि योगदान दिएको छु । मेरो योगदानको कदर गर्दै बार्सिलोना मलाई विशेष विदाई गर्न खोजेको थियो तर, मैले यो मेरो आफ्नै घर हो मलाई विदाईको जरुरत छैन भनेको थिए ।’

२४ अप्रिल २०१८ मा प्रकाशित

बार्सिलोनाका लिजेन्ड रिभाल्डो भन्छन्ः नेयमार रियल मड्रिड जान्छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here