अपराजित बार्सिलोनालाई युथ च्याम्पियन्स लिगको उपाधि

बार्सा नेपाल । अपराजित रहँदै बार्सिलोनाले युईएफए युथ लिग अर्थात (युथ च्याम्पियन्स लिग) फुटबलको उपधि जितेको छ । सोमबार राति स्विट्जरल्याण्डको कोलाभरे स्पोर्टस् सेन्टरमा सम्पन्न फाइनल खेलमा बार्सिलोनाले चेल्सीलाई ३–० गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ३२ औं तथा ५१ औं मिनेटमा एलेक्जेन्ड्रो माक्वेयसले गोल गरेका थिए भने खेलको अतिरिक्त समयमा एबेल रुइजले पनि गोल गर्दै बार्सिलोनाले फाइनलमा फराकिलो जित दर्ता गरेको हो ।

खेलको सुरुदेखि नै बार्सिलोनाले चेल्सीमाथि दवाव कायम राखेको थियो । अत्यान्त सुन्दर खेल पस्केको बार्सिलोनाले १६ पटक पोष्टमा आक्रमण गरेको थियो तर, अन टार्गेटमा ५ वटा बल तथा ४ वटा अफ टार्गेटमा लागेको थियो । चेल्सीले भने ४ पटक आक्रमण गर्न सक्यो त्यो पनि सबै बल अफ टार्गेटमा लागेको थियो ।

बार्सिलोनाले सेमिफाइनलमा म्यान्चेस्टर सिटीको अन्डर १९ टिमलाई पराजित गरेको थियो भने चेल्सीले पार्टोलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

यो जितसँगै बार्सिलोनाले दुई पटक युथ च्याम्पियन्स लिगको उपाधि जितेको छ । बार्सिलोनाले सिजन २०१३–१४ को सिजनमा बेन्फिकाको अन्डर १९ टिमलाई ३–० गोलले पराजित गरेर उपाधि जितेको थियो भने अहिले पनि चेल्सीलाई ३–० गोलले नै हराएर उपाधि जितेको हो ।

सन् २०१३ मा यूइएफएले स्थापना गरेको यो प्रतियोगिताको पहिलो विजेता नै बार्सिलोना हो ।

भिडियाे

२४ अप्रिल २०१८ मा प्रकाशित

जारी सिजनमा बार्साको महिला टिमको प्रदर्शन कस्तो ? जित्ला त उपाधि ?

बार्सा बी बाट अर्को सिजन यी ४ खेलाडी सिनियर टिममा आउने सम्भावना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here