जारी सिजनमा बार्साको महिला टिमको प्रदर्शन कस्तो ? जित्ला त उपाधि ?

बार्सा नेपाल । स्पेनको विमन्स फुटबल सुपर लिग (महिला फुटबल लिग)मा बार्सिलोना सहित १६ टिमको सहभागिता रहेको छ । लिगमा एथ्लेटिको मड्रिड, एथ्लेटिक क्लब, रियल बेटिस, भ्यालेन्सिया, लेभान्टे, रियल सोसिडाड, इस्पयानियोल, सेभिया लगायतको टिमको सहभागिता रहेको छ ।

जारी सिजनमा बार्सिलोनाको महिला टिमको प्रदर्शन सन्तोषजनक देखिएको छ । बार्सिलोना विमन्स फुटबल सुपर लिगको दोस्रो स्थानमा रहेको छ । लिगमा कूल २७ खेल सकिँदा २१ खेलमा जित ४ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेर कूल ६७ अंक जोडेको भने पहिलो स्थानमा एथ्लेटिको मड्रिड रहेको छ । एथ्लेटिको मड्रिडले समान खेलबाट २१ खेलमा जित ५ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोर्दै जम्मा ६८ अंक जोडेको छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेको एथ्लेटिक क्लबको मात्र ५० अंक रहेको हुँदा जारी सिजनमा उपाधि बार्सिलोना वा एथ्लेटिको मड्रिडले लाने पक्का भएको छ । लिगमा १ अंकले मात्रै एथ्लेटिको मड्रिड रहेकोले बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेपनि उपाधि निश्चित रहेको छ । किनकि बार्सिलोनाको गोल अन्तर ७२ हुँदा एथ्लेटिको मड्रिडको ४४ रहेको छ ।

अंक तालिका

बार्सिलोनालाई ३ अंकले पछि पार्दै गत सिजनको उपाधि एथ्लेटिको मड्रिडले जितेको थियो । बार्सिलोनाले भने पछिल्लो पटक सिजन २०१३–१४ मा उपाधि जितेको थियो । त्यस्तै सिजन २०१३–१३ मा पनि बार्सिलोनाले उपाधि जितेको थियो ।

२४ अप्रिल २०१८ मा प्रकाशित

अपराजित बार्सिलोनालाई युथ च्याम्पियन्स लिगको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here