MATCH DAY: युथ च्याम्पियन्स लिगको उपाधिको लागि चेल्सी र बार्सिलोना भिड्दै

बार्सा नेपाल । आज बेलुकी पौने ९ बजे (नेपाली समयअुनसार) चेल्सीको अन्डर १९ टिम र बार्सिलोनाको अन्डर १९ टिम युइएफए युथ च्याम्पियन्स लिगको उपाधिको लागि एक आपसमा भिड्दैछन् ।

स्विट्जरल्याण्डको कोलाभरे स्पोर्टस् सेन्टरमा हुने उक्त खेलमा यी दुई टिम पहिलो पटक भिड्न लागेका लागेका हुन् । बार्सिलोनाले सेमिफाइनलमा म्यान्चेस्टर सिटीको अन्डर १९ टिमलाई पराजित गरेको थियो भने चेल्सीले पार्टोलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

मड्रिडको फ्यान जोनमा सेभियालाई भन्दा बार्सा फ्यानलाई बियरको मूल्य दोब्बर, किन ?

जारी सिजनमा दुबै टिमले च्याम्पियन्स लिगका कुनै पनि खेलमा हार व्यहोरेको छैन । उक्त खेल स्विडेनका रेफ्री आन्द्रेज एकबर्गले खेलाउनेछन् ।

चेल्सीको अन्डर १९ टिमले हालसम्म यो उपाधि दुई पटक जितेको छ । चेल्सीले सिजन २०१४–१५ मा साक्टार डोनेस्कको अन्डर १९ टिमलाई ३–२ गोलले तथा सिजन २०१५–१६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अन्डर १९ टिमलाई २–१ गोलले हराएर उपाधि जितेको थियो । त्यस्तै, बार्सिलोनाको युथ टिमले सिजन २०१३–१४ को सिजनमा बेन्फिकाको अन्डर १९ टिमलाई ३–० गोलले पराजित गरेर उपाधि जितेको थियो ।

सन् २०१३ मा यूइएफएले स्थापना गरेको यो प्रतियोगिताको पहिलो विजेता नै बार्सिलोनाको अन्डर १९ टिम बनेको थियो ।

२२ अप्रिल २०१८ मा प्रकाशित

बार्साको अन्डर १९ ‘ए’ टिम युथ च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here