बार्सिलोनाका लिजेन्ड रिभाल्डो भन्छन्ः नेयमार रियल मड्रिड जान्छन्

बार्सा नेपाल । बार्सिलोना तथा ब्राजिलियन फुटबलका लेजेन्ड रिभाल्डोले नेयमार रियल मड्रिड जाने सम्भावना प्रवल रहेको बताएका छन् । ब्राजिलियन टेलिभिजन कार्यक्रम टिभी ग्लोबोसँग कुराकानी गर्दै रिभाल्डोले नेयमार विश्वकै उत्कृष्ट फुटबल खेलाडी हुनैको लागि भए पनि रियल मड्रिडमा आबद्ध हुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) राम्रो क्लब भए पनि त्यहाँ बसेर राम्रो गर्न नसकिने बताउँदै नेयमारको अबको गन्तब्य रियल मड्रिड नै रहेको बताएका हुन् । उनले भने ‘बार्सिलोना छोड्नु नै नेयमारको गल्ती हो ।

यदी उनी अन्य क्लब जानु नै थियो भने स्पेन, इंग्ल्याण्ड, इटाली तथा जर्मनीको क्लबमा जानुपर्नेथियो । यसै कारणले छायाँमा परेको लिग वान् मा भन्दा उनी अब ला लिगामै फर्कनुपर्ने स्थिति आएको छ ।’

उनले कार्यक्रममा सम्झिए ‘मैले भने यसअघि नै नेयमारलाई भेटेर नै भनेको थिए तिमीसँग विश्वकै सबैभन्दा राम्रो फुटबल खेलाडी बन्ने गुण छ, तर मलाई लाग्छ तिमी पीएसजी बसेर त्यो सपना पुरा हुन सक्दैन ।’

नेयमार बार्सिलोना नै फर्कने सम्भावना नरहेको भन्दै रियल मड्रिड उनको रोजाईमा पर्ने रिभाल्डोको भनाई छ ।

त्यस्तै ब्राजिलियन रोनाल्डो, मार्सेलो लगायतका खेलाडीले पनि नेयमार रियल मड्रिड जाने बताएका थिए ।

नेयमार यतखेर ब्राजिलमा रहेका छन् । मार्सेसँगको खेलमा गम्भीर घाइते भएका उनी केही महिनादेखि मैदान बाहिरै रहेका छन् ।

२३ अप्रिल २०१८ मा प्रकाशित

‘रोनाल्डो बार्सिलोनाबाट इन्टर मिलानको बाटो हुँदै रियल मड्रिड गएका थिए’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here