चेल्सी र बार्सिलोनाबीचको युथ च्याम्पियन्स लिगको फाइनल हेर्ने लिंकहरु

बार्सा नेपाल । युथ च्याम्पियन्स लिग फुटबलको उापधिको लागि चेल्सीको अन्डर १९ टिम र बार्सिलोनाको अन्डर १९ टिम एक आपसमा भिड्दैछन् ।

स्विट्जरल्याण्डको कोलाभरे स्पोर्टस् सेन्टरमा जारी उक्त खेलमा यी दुई टिम पहिलो पटक भिडेका हुन् । बार्सिलोनाले सेमिफाइनलमा म्यान्चेस्टर सिटीको अन्डर १९ टिमलाई पराजित गरेको थियो भने चेल्सीले पार्टोलाई पेनाल्टी सुटआउटमा हराएको थियो । जारी सिजनमा दुबै टिमले च्याम्पियन्स लिगका कुनै पनि खेलमा हार व्यहोरेको छैन । उक्त खेल स्विडेनका रेफ्री आन्द्रेज एकबर्गले खेलाउँदै छन् ।

चेल्सीको अन्डर १९ टिमले हालसम्म यो उपाधि दुई पटक जितेको छ । चेल्सीले सिजन २०१४–१५ मा साक्टार डोनेस्कको अन्डर १९ टिमलाई ३–२ गोलले तथा सिजन २०१५–१६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अन्डर १९ टिमलाई २–१ गोलले हराएर उपाधि जितेको थियो । त्यस्तै, बार्सिलोनाको युथ टिमले सिजन २०१३–१४ को सिजनमा बेन्फिकाको अन्डर १९ टिमलाई ३–० गोलले पराजित गरेर उपाधि जितेको थियो ।

सन् २०१३ मा यूइएफएले स्थापना गरेको यो प्रतियोगिताको पहिलो विजेता नै बार्सिलोनाको अन्डर १९ टिम बनेको थियो ।

उक्त खेलको प्रत्यक्ष प्रसार सोनी टेन टु तथा सोनी टेन टु एचडीबाट हेर्न सकिन्छ ।

स्ट्रिमिङ्ग लिंक

http://wisiwig.eu/soccer/looks-417390-chelsea-u19-barcelona-u19?l=1847727631

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here