मड्रिडको फ्यान जोनमा सेभियालाई भन्दा बार्सा फ्यानलाई बियरको मूल्य दोब्बर, किन ?

बार्सा नेपाल । मड्रिडमा सम्पन्न कोपा डेल रेको फाइनलमा बार्सिलोना तथा सेभियाका समर्थहरुको लागि अलग–अलग फ्यान जोन बनाइएको थियो । उक्त फ्यान जोनमा फेस पेन्टिङ, सांगीतिक माहोल, फ्यानहरुसँगको प्रतिक्रियाको साथमा बियरको स्टल पनि रहेको थियो । तर, अचम्म के भने उक्त स्टलबाट बियर किन्दा बार्सिलोना फ्यानहरुलाई भने दोब्बर चार्ज लगाइएको थियो ।

तपाईलाई लाग्न सक्छ बियरको गुणस्तर तथा मात्राको कुराले बार्सा फ्यानले महँगो मूल्यमा बियर खरिद गर्नुपरेको तर त्यसो भने होइन । एउटै ब्राण्डको एक ग्लास बियरको मूल्य २ यूरो सेभियाका समर्थकलाई थियो भने बार्सिलोना समर्थकले ४ यूरो हालेर बियर खरिद गर्नुपर्दथ्यो ।

उक्त बियरको मूल्य निर्धारण कम्पनीसँग सम्झौता नै गरेर आयोजकले निर्धारण गरेका हुन् । बार्साको फ्यान जोनको जिम्मेवारी पाएको ‘आरमार्क’ नामक कम्पनीले पाएको हो । उक्त कम्पनीले क्याम्प नाउमा समेत क्याटरिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

२३ अप्रिल २०१८ मा प्रकाशित

बार्साले सेभियालाई कोपा डेल रेमा परास्त गर्दा मड्रिडमा देखिएका ९ अनौठो दृश्यहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here