NEXT MATCH: एल क्लासिको अघि ला लिगा जित्ने दाउमा बार्सिलोना

बार्सा नेपाल । जारी सिजनमा महत्वपूर्णमध्येको एक उपाधि कोपा डेल रे भित्र्याएको बार्सिलोनाले ला लिगाको ३४ औं खेल डिर्पोटिभोको घरेलु मैदान रियाजोरमा खेल्दैछ । अप्रिल ३० मा हुने खेलमा बार्सिलोना विजयी भएको खण्डमा यो सिजनको ला लिगाको उपाधि ४ खेल बाँकी छँदा नै बार्सिलोनाको नाममा रहनेछ ।

बार्सिलोनाले ला लिगाको ३३ खेल खेल्दा ८३ अंक जोडेको छ भने समान खेल खेलेको एथ्लेटिको मड्रिडको ७१ अंक तथा रियल मड्रिडको ६८ अंक रहेको छ । यदि बार्सिलोनाले डिर्पोटिभोलाई परास्त गरेको खण्डमा बार्सिलोनाको घरेलु मैदानमा हुने एल क्लासिको अघि नै उपाधि सुरक्षित गरिसकेको हुन्छ ।

यसअघि पहिलो चरणको खेलमा बार्सिलोनाले घरेलु मैदानमा डिर्पोटिभोलाई ४–० गोलले परास्त गरेको थियो । उक्त खेलमा लुइस स्वारेजले दुई गोल तथा पाउलिन्होले पनि दुई गोल गरेका थिए ।

२२ अप्रिल २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here