कोपा डेल रेको उपाधि जित्दा इनियष्टा र मेसी चम्किए, अन्य खेलाडीको प्रदर्शन कस्तो (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । बार्सिलोनाले सेभियामाथि ५–० गोलको जित दर्ता गर्दै सिजनको पहिलो उपाधिको रुपमा कोपा डेल रेको उपाधि जितेको छ । बार्सिलोनाले लगातार ४ सिजन यो उपाधि जित्दै कोपा डेल रेको जम्मा उपाधिसंख्या ३० पुर्याएको छ ।
सेभियालाई सहज रुपमा हराउने क्रममा बार्सिलोनाको लागि लुईस स्वारेजले दुई गोल तथा मेसी, इनियष्टा र कोउटिन्होले एक–एक गोल गरे । यहाँ हामीले उपाधि भिडन्तमा सेभियालाई बार्सिलोनाले सहज रुपमा हराउँदा कुन खेलाडीको प्रदर्शन कस्तो भनेर प्लेयर्स रेटिङ्ग गरेका छौं ।

रेटिङ्गकाे पूर्ण अंक १० रहेकाे छ ।

ज्यास्पर सिलेसन ८

सिलेसनले १४ औं मिनेटमा नै डिबक्सबाट नो म्यान्स ल्याण्डमा बसेका कोउटिन्होलाई लङ्ग रेन्ज पास दिए । कोउटिन्होले उक्त बल स्वारेजलाई दिँदा बार्सिलोनाले खेलको सुरुमै अग्रता लियो । ३७ औं मिनेटमा बार्सिलोनाको डिबक्स नजिकै आएको बललाई उनले क्लियर पारिदिए । ६४ औं मिनेटमा सिलेसनले काउन्टर अट्याक बचाए ।

सर्जी रोबर्टो ७

फाइनल खेलमा राइट ब्याक रोबर्टोको प्रदर्शन उच्च रहेको थियो । रोमासँगको खेलमा राम्रो प्रदर्शन गर्न नसकेको राबर्टो सेभियासँग भने जमेर खेलेका थिए ।

जेरार्ड पिके ८

सेभियाका अग्रपंत्तिका खेलाडीहरुलाई पकेटमा राख्न पिकेको प्रदर्शन उच्च रह्यो । उनी अगाडि बढेर खेल्दा पनि डिफेन्सिभ गल्ती गरेनन् ।

स्यामुअल उम्टीटी ७

पछिल्लो केही खेलमा निराशाजनक प्रदर्शन गरेका उम्टीटी सेभियासँगको खेलमा भने निकै जमेर खेले । पहिलो हाफमा सेभियाले अग्रता लिनै लाग्दा उनको उनको प्रदर्शनले बिफल बनायो ।

जोर्डी अल्बा ९

अल्बाले पछाडी तथा अगाडिको भागमा राम्रो प्रदर्शन गरे । मेसीलाई दिएको ब्याकहिल एसिस्ट निकै सुन्दर थियो ।

इभान राकेटिच ७

औलामा चोटको बाबजुद पनि राकेटिचले फाइनलमा उच्च प्रदर्शन गरे । मध्यमागमा उनी निकै कुदे जसले विपक्षी खेलाडीलाई खुलेर खेल्न दिएन ।

सर्जियो बुस्क्वेटस् ८

बुस्क्वेट्सले फाइनल खेल ७५ मिनेट खेले । सेल्टासँगको खेल गुमाएका उनको प्रर्दशन सदाको जस्तै थियो अर्थात् विपक्षी खेलाडीलाई रोक्ने ।

आन्द्रेज इनियष्टा १०

कप्तान इनियष्टा फाइनल खेलमा बढी सफल देखिए । पहिलो हाफमा बलियो रुपमा प्रस्तुत भएका कप्तान इनियष्टाले ५२ औं मिनेटमा गोल समेत गरे । ८७ औं मिनेटमा उनी मैदानबाहिर निस्कदा उनलाई बार्सा समर्थकले मात्रै होइन सेभियाका समर्थकहरुले पनि उच्च सम्मान व्यक्त गरेका थिए ।

कोउटिन्हो ८

कोउटिन्होले बार्सिलोनाको पहिलो गोलमा स्वारेजसँग साझेदारी गरे । पछिल्लो समय बार्सिलोनाको मुख्य हतियार बनेका उनलाई बार्सिलोनाका अन्य खेलाडीले पनि विश्वास गरेको देखियो । प्रायः मेसीले पाउने पेनाल्टीमा उनलाई अवसर लिइयो ६९ औं मिनेटमा उनले सहज ढंगले पेनाल्टी प्रहार गरी सेभियासँग गोलअन्तर फरक पारे ।

स्वारेज ९

उनले बार्सिलोनालाई खेलको १४ औं मिनेटमा नै गोल गरे । त्यस्तै ४० औं मिनेटमा मेसीको पाुसमा गोल गरेर पहिलो हाफमा नै दुई गोल गर्न सफल रहे ।

लियोनल मेसी १०

३१ औं मिनेटमा जोर्डी अल्बाको पासलाई गोलमा परिणत गरेर टोलीको अग्रता दोब्बर पारे । ३८ औं मिनेटमा पनि इनियष्टाको पासमा काउन्टर मुभ बनाउँदा उनलाई विपक्षीले मध्यभागमा नै लडाइदिए । खेलको ४० औं मिनेटमा स्वारेजलाई गोलको लागि पास मिलाईदिए । मेसीले ५२ औं मिनेटमा इनियष्टालाई गोलको लागि बल मिलाईदिए । ५५ औं मिनेटमा पनि उत्कृष्ट फ्रिकिक प्रहार गरे तर, स्वारेज तथा उम्टीटी गोल गर्नमा सफल रहेनन् ।

बैकल्पिक खेलाडी

पाउलिन्हो ६

बुस्क्वेट्सको स्थानमा ७५ औं मिनेटमा मैदान प्रवेश गरेका पाउलिन्होले खेलमा खासै मेहनत नै गर्न परेन ।

डेम्बेले

८२ औं मिनेटमा कोउटिन्होको स्थानमा डेम्बेले मैदान प्रवेश गरेका हुन् ।

डेनिस स्वारेज

खेलको ८७ औं मिनेटमा इनियष्टाको स्थानमा डेनिस मैदान प्रवेश गरेका हुन् ।

सेभियाका खेलाडीहरु

  • सोरिया ५
  • नाभास ६
  • मर्काडो ४
  • लेङ्गलेट ५
  • स्क्रुड्रियो ३
  • साराबिया ५
  • एनजोन्जी ५
  • बनेगा ५
  • कोरिया ५
  • भास्क्वेज ४
  • मुरियल ५
  • (स्यान्ड्रो) ५
  • (लायुन)

२२ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: एल क्लासिको अघि ला लिगा जित्ने दाउमा बार्सिलोना

सेभियालाई ५–० गोलले पराजित गर्दै बार्सिलोनाले जित्यो लगातार ४ सिजन कोपा डेल रेको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here