सेभियालाई ५–० गोलले पराजित गर्दै बार्सिलोनाले जित्यो लगातार ४ सिजन कोपा डेल रेको उपाधि

बार्सा नेपाल । बार्सिलोनाले लागतार ४ सिजन कोपा डेल रेको उपाधि जितेको छ । केहीबेरअघि वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा बार्सिलोनाले चिर प्रतिद्धन्द्धी सेभियालाई ५–० गोलले पराजित गर्दै सिजनको पहिलो उपाधि जितेको हो ।

खेलमा बार्सिलोनाको लागि १४ औं मिनेटमा कोउटिन्होको पासमा लुईस स्वारेज, ३१ औं मिनेटमा जोडी अल्बाको पासमा लियोनल मेसी, ४० औं मिनेटमा लियोनल मेसीको पासमा लुईस स्वारेज तथा ५२ औं मिनेटमा लियोनल मेसीको पासमा आन्द्रेज इनियष्टा, ६९ औं मिनेटमा कोउटिन्होले पेनाल्टीमार्फत गोल गरे ।

बार्सिलोनाले सिजन २०१४–१५ को सिजनदेखि लगातार रुपमा यो उपाधि जितिरहेको छ । सिजन २०१४–१५ मा एथ्लेटिक बिल्बाओलाई ३–१ गोलले, सिजन २०१५–१६ मा सेभियालाई अतिरिक्त समयमा २–० गोलले तथा सिजन २०१६–१७ मा आलाभेजलाई ३–१ गोलले हराएर कोपा डेल रेको उपाधिमा ह्याट्रिक गरेको थियो भने । भने केहीबेरअघि सम्पन्न खेलमा पनि सेभियालाई फाइनलमा ५–० गोलले हराएर बार्सिलोनाले लगातार ४ पटक कोपा डेल रेको उपाधि जितेको हो ।

सेभियाले पछिल्लो पटक सिजन २००९–१० मा क्याम्प नाउमा भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–० गोलले हराएर उपाधि रक्षा गरेको थियो ।

बार्सिलोनाले हालसम्म यो उपाधि ३० पटक जितिसकेको छ । त्यस्तै सेभियाले पनि यो उपाधि ५ पटक जितिसकेको छ भने ४ पटक उपविजेतामा नै चित्त बुझाउनुपरेको छ ।

२२ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: एल क्लासिको अघि ला लिगा जित्ने दाउमा बार्सिलोना

आर्काइभबाट

धेरै कोपा डेल रे उपाधि जित्ने क्लब बार्सिलोना, फाइनलमा बढी हार्ने टिम रियल मड्रिड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here