बार्साले सेभियालाई कोपा डेल रेमा परास्त गर्दा मड्रिडमा देखिएका ९ अनौठो दृश्यहरु

बार्सा नेपाल । मड्रिडमा सम्पन्न कोपा डेल रेको फाइनल खेलमा बार्सिलोनाले सेभियालाई भारी गोलले पाराजित गरि सिजनको पहिलो उपाधि उचाल्यो । उक्त खेलमा केही अनौठो दृश्यहरु देखियो । उक्त दृश्यहरुको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

ज्यास्पर सिलेसनको भिजन

खेलमा १२ मिनेट ४९ सेकेन्ड हुँदा जेरार्ड पिकेले सिलेसनलाई ब्याक पास दिए । सेभियाका खेलाडी डिबक्समा भइरहेको अवस्थामा उनले उक्त बल क्लियर गर्नुपर्ने हो तर, उनको भिजन ‘नो म्यान्स ल्याण्ड’ रहेका कोउटिन्होमाथि पर्यो र पास दिइहाले कोउटिन्होले पनि अर्को समान दिशामा कुदिरहेका स्वारेजलाई देखे र पहिलो गोलमा सिलेसनले साझेदारी गरे ।

मेसीलाई जोर्डी अल्बाको ब्याकहिल पास

खेलमा ३० मिनेट ३३ सेकेन्ड चलिरहँदा इनियष्टाले अल्बालाई पास दिए । अल्बाले केहीबेर बल होल्ड गर्दै वान् टच पास खेल्न समकक्षीलाई कुरे । उनले इनियष्टालाई नै बल दिए र मुभ बनाए इनियष्टाले पनि उनैलाई वान् टच पास दिए । अगाडि बढिरहेका अल्बाले मेसीले बनाउनसक्ने मुभबारे ख्याल गरे र पछाडि नै नफर्किकनै ब्याक हिल पास दिए मेसीले पनि अल्बाको मेहनतलाई खेर जान दिएनन् ।

इनियष्टाको गोल

खेलमा ५१ मिनेट ३१ सेकेन्ड चलिरहँदा इनियष्टाले मेसीलाई पास दिए । मेसीले इनियष्टाले बनाउनसक्ने मुभको आंकलन गरि डिबक्सभित्र बल पास दिए । इनियष्टाले गोल किपरलाई नै ‘बिट’ गरेर वाइड एंगल गोल गरे ।

कोउटिन्होको पहिलो पेनाल्टी

खेलको ६८ औं मिनेटमा सेभियाका लेङ्गलेटले डिबक्सभित्र ह्यान्ड गरेपछि बार्सिलोनाले पेनाल्टी पायो । समान्यतयाः बार्सिलोनाको पेनाल्टी मेसीले हान्ने गर्छन् त्यसपछि स्वारेज, राकेटिच लगायत अन्य खेलाडीहरु पनि छन् तर उक्त पेनाल्टी हान्ने अवसर कोउटिन्होले पाए । त्यसको कारण हो पछिल्लो समय बार्सिलोनामा उनले गरेको मेहनत । उनको उच्च प्रदर्शनको सम्मान गर्दै अझै उत्प्रेरणा दिनको लागि उक्त पेनाल्टी हान्ने अवसर कोउटिन्होले पाएका हुन् ।

इनिष्टालाई अहिलेसम्मकै लामो ‘स्ट्यान्डिङ ओभियसन’

खेलको ८७ औं मिनेटमा इनियष्टालाई मैदानबाहिर निस्कँदै गर्दा उनीप्रति सम्मान ब्यक्त गर्दै सम्पूर्ण समर्थकहरुले आ–आफ्नो स्थानबाट उठेर ताली बजाए । खेलाडीहरुले अंकमाल गरे, स्वारेजले चुम्बन नै गरे, सेभिया ५–० ले पछि परेको स्थितिमा पनि समर्थकहरुले उठेरै उनीप्रति उच्च आदर व्यक्त भयो त्यो पनि निकै लामो समयसम्म । बिरलै फुटबल खेलाडीले यस्तो खालको सम्मान पाउँछन् । उनी बेन्चमा आएर आँशु पनि खसाल्न बाध्य भए ।

स्पेनिस प्रहरीद्वारा बार्सा फ्यानको फोटो क्याप्चर

वान्डा मेट्रोपोलिटानोमा स्पेनको राष्ट्रिय गीत बजिरहँदा स्पेनका प्रहरीले बार्सा समर्थकको फोटो खिचिरहेका थिए । खेलपछि क्लब तथा फ्यानहरुलाई कारबाही गर्नको लागि ती प्रहरीले फोटो खिचिरहेका थिए । तर, राष्ट्रियगान सकिने बित्तिकै बार्सा समर्थकहले सिट्टी बजाउँदै बु~ गर्न थाले

मड्रिडमा बार्सिलोनाको ‘गर्जन’

क्याटालान क्लबले स्पेनको राजधानीमा महत्वपूर्ण ट्रफी उचालिरहँदा बार्सिलोनाको मास्टर अफ सेरोमोनी (एमसी) ले दर्शकहरुलाई उचालिरहेका थिए । कहिले चर्को स्वरमा बार्सा एन्थम गाउन, कहिले च्याम्पियन गीत गाउँन त कहिले बार्सा ! बार्सा ! भनेर ठूलो स्वर निकालेर मड्रिडबासीको निन्द्रा खल्बल्याउन एमसी लागिपरेका थिए ।

साकिराले गाइन् बार्सा एन्थम

विश्वप्रख्यात गायीका साकिरा पनि फाइनल खेल हेर्नको लागि वान्डा मेट्रोपोलिटानो पुगेकी थिइन् । बार्सिलोनाले उपाधिको सेलिब्रेसन गर्दा उनी भीआईपी कक्षमा उभिएर तालि बजाउँदै बार्सा एन्थममा गाउँदै थिइन् ।

बार्सिलोनाका फोटोग्राफर ट्रफी बोक्दै खेलाडी खोज्दै

बार्सिलोनाले उपाधि जितिसकेपछि बार्सिलोनाका आधिकारीक फोटोग्राफर मिगुइल रोयस क्यामरासँगै कोपा डेल रेको ट्रफी बोकेर मैदानमा घुमिरहेका थिए । उनी उपाधिसँग फोटो खिच्न चाहने खेलाडी तथा पदाधिकारीहरुलाई खोज्नमै ब्यस्त देखिन्थे ।

२२अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: एल क्लासिको अघि ला लिगा जित्ने दाउमा बार्सिलोना

कोपा डेल रेको उपाधि जित्दा इनियष्टा र मेसी चम्किए, अन्य खेलाडीको प्रदर्शन कस्तो (प्लेयर्स रेटिङ्ग)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here