लगातार ४ पटक युथ बलोन डि’ओर जित्ने बार्सिलोनाका जाभी सिमोन्स, ‘ह्याप्पी वर्थ डे’

बार्सा नेपाल । जाभीयर सिमोन्स अर्थात् (जाभी सिमोन्स) सन् २००३ को अप्रिल २१ मा हल्याण्डमा जन्मिएका हुन् ।

बार्सिलोनाको युथ टिमबाट उनी मध्यभागबाट खेल्ने गर्छन् । उनको नाम बार्सिलोनाको प्रभावशाली पूर्व मिडफिल्डर जाभी हर्नान्डेजबाट राखिएको हो । उनको क्रियटिभ स्किलले थुप्रै फुटबलप्रेमीहरुको मन छोएको छ । प्रायः मिडियामा सिनियर फुटबल टिमका खेलाडीहरुको मात्रै चर्चा हुने गरेकोमा पछिल्लो समय ‘लिटल जाभी’को चर्चा समेत हुने गरेको छ ।

उनी बार्सिलोना आउनुअघि भिलारियलबाट खेल्ने गर्दथे । तर, उनको बुबा क्लबबाट खुसी नभएपछि ७ वर्षको उमेरबाट बार्सिलोनाको एकेडेमीमा भर्ना भएका हुन् । सन् २०१४ मा चेल्सीले उनलाई भित्र्याउने प्रयास गरेको थियो । तर बार्सिलोनाले उनलाई कतै पनि पठाउन चाहेको छैन ।

उनले हालसम्म लगातार ४ वटा युथ बलोन डिओर जितिसकेका छन् । उनले हल्याण्डको अन्डर १४ उमेरसमूहबाट पनि प्रतिनिधित्व गर्ने मौका पाइसकेका छन् ।

उनी मध्यभागमा बललाई नियन्त्रणमा लिन सक्छन् । र एकल रुपमा नै विपक्षीको पोष्टमा आक्रमण गर्न सक्षम रहेका छन् ।
उनी सामाजिक संजाल इन्स्टाग्राममा निकै चर्चित छन् । उनको हालसम्म १ मिलियनभन्दा बढी फलोअर्स रहेका छन् ।

२१ अप्रिल २०१८ मा प्रकाशित

बार्सा बीका कार्लेस एलेना समरमा सिनियर टिममा आउने, को हुन् उनी ?

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here