सेभियासँगहुने उपाधि भिडन्तको खेलको लागि सिलेसन तयार

बार्सा नेपाल । आइतबार बिहान सवा १ बजे (नेपाली समयअनुसार) सेभियासँग हुने कोपा डेल रेको फाइनल खेलको लागि बार्सिलोनाको सम्पूर्ण टिम तयार भइसकेको छ । खेलको लागि शनिबार अपरान्ह बार्सिलोनाको टिम मड्रिडतर्फ प्रस्थान गरिसकेको छ ।

यस सिजन बार्सिलोनाले कोपा डेल रे खेलको लागि दोस्रो रोजाइको गोलकिपर ज्यास्पर सिलेसनलाई जिम्मा दिएको छ । उनी फाइनल खेलको लागि पनि तयार रहेका छन् । सिलेसनले जारी सिजनको कोपाका हरेक खेल खेलेका छन् । तर, उनले ला लिगा र च्याम्पियन्स लिगमा भने अवसर पाएका छैनन् ।

सिलेसनले जारी सिजनमा ८ वटा कोपा डेल रेको खेल खेलिसकेका छन् । ८ खेलमा उनले मात्र २ गोल खाएका छन् । उक्त गोल अन्तिम १६ को खेलमा सेल्टा भिगोले तथा क्वार्टरफाइनलमा इस्प्यानियोलले गरेको हो । उनले ६ खेलमा क्लिन सिट राख्दै ८७ दशमलव ५ प्रतिशत सेभ रेट पनि राखेका छन् ।

वान्डा मेट्रोपोलिटानोमा हुने खेलको लागि टेर स्टेगन सिलेसन, सेमेडो, पिके, बुस्क्वेट्स, डेनिस, इनियष्टा, स्वारेज, मेसी, डेम्बेले, कोउटिन्हो, पाउलिन्हो, पाको, अल्बा, डिने, रोबर्टो, गोमेज, भिडाल, मिना तथा भर्माइलिन सेभियासँगको खेलको लागि सूचिमा परेका छन् ।

२१ अप्रिल २०१८ मा प्रकाशित

MATCH DAY: लगातार ४ पटक कोपा डेल रेको उपाधि जित्ने दाउमा बार्सिलोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here