अपराजित बार्सा युथ च्याम्पियन्स लिगको फाइनलमा, उपाधिको लागी चेल्सीसँग भिड्ने

बार्सा नेपाल । बार्सिलोनाको युथ टिम युईएर्फए युथ च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति स्विट्जरल्याण्डको कोलाभरे स्पोर्टस् सेन्टरमा सम्पन्न खेलमा म्यान्चेस्टर सिटीको युथ टिमलाई ५–४ गोलले पराजित गर्दै बार्सिलोनाको युथ टिमले फाइनलमा स्थान बनाएको हो ।

बार्सिलोनाको लागि कार्लेस पेरेजले १० औं तथा ४२ औं, कोलाडोले २३ औं रिकार्ड पुगीले ३१ औं, माक्र्वेजले ४४ औं मिनेटमा गोल गरेका हुन् भने सिटीको लागि डियरे तथा माटेन्डोले १९ औं तथा ७० औं मिनेटमा र नेम्चाले २४ औं तथा ७० औं मिनेटमा गोल गरेका हुन् ।

उपाधिको लागि अब बार्साको युथ टिमले चेल्सीको युथ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ । चेल्सीले पोर्टोसँग २–२ गोलको बराबरी खेले पनि पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएको हो ।

फाइनल खेल पनि स्विट्जरल्याण्डको कोलाभरे स्पोर्टस् सेन्टरमा अप्रिल २३ मा हुनेछ । यी दुई टिम पहिलोपटक भिड्न लागेका हुन् । दुबै टिमले जारी सिजनको युथ लिगमा हार व्यहोरेको छैन ।

२१ अप्रिल २०१८ मा प्रकाशित

लगातार ४ पटक युथ बलोन डि’ओर जित्ने बार्सिलोनाका जाभी सिमोन्स, ‘ह्याप्पी वर्थ डे’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here