नेपाल आइडलको टिमद्वारा क्याम्प नाउ तथा बार्सा म्यूजियमको भ्रमण (१३ फोटोमा)

बार्सा नेपाल । नयाँ वर्षको उपलक्ष्यमा यूरोपमा सांगीतिक कार्यक्रमको लागि पुगेका नेपाल आइडलका टोलीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउको भ्रमण गरेका छन् । भ्रमण गर्नेहरुमा विजेता बुद्ध लामा, पहिलो रनर अप निशान भट्टराई, दोस्रो रनर अप प्रताप दास तथा अन्य टिमले बार्सिलोनाको घरेलु मैदानको साथै बार्सा म्यूजियमको भ्रमण गरेका हुन् ।

कार्यक्रमको लागि मंगलबार स्पेनको बार्सिलोना पुगेका उनीहरु सांगीतिक कार्यक्रमपछि क्याम्प नाउ पुगेका थिए ।

बुधबार क्याम्प नाउमा पुगेका बुद्ध र प्रताप दासले सामाजिक संजालमा फोटोहरु समेत पोष्ट गरेका छन् । प्रताप दास आफै पनि बार्सा समर्थक भएकोले उनले निकै उत्साहित हुँदै ‘फरएभर बार्सा’ भनेर क्याप्सनमा लेखेका छन् ।








फोटोहरु बुद्ध लामा र प्रताप दासको फेसबुकबाट

२० अप्रिल २०१८ मा प्रकाशित

तपाई बार्सा फ्यान हो भने यी कुरा थाहा छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here