MATCH DAY: लगातार ४ पटक कोपा डेल रेको उपाधि जित्ने दाउमा बार्सिलोना

बार्सा नेपाल । बार्सिलोनाले आइतबार बिहान स्पेनिस कप (कोपा डेल रे)को उपाधिको लागि सेभियासँग प्रतिस्पर्धा गर्दैछ । एथ्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा हुने खेल बिहान सवा १ बजे सुरु हुनेछ । यसको लागि दुबै टिम तयारीमा जुटेको छ ।

बार्सिलोनाले यो उपाधि हालसम्म २९ पटक जितिसकेको छ भने १० पटक फाइनमा पराजित भएको छ । त्यस्तै सेभियाले पनि यो उपाधि ५ पटक जितिसकेको छ भने ३ पटक उपविजेतामा नै चित्त बुझाउनुपरेको छ ।

बार्सिलोनाले सिजन २०१४–१५ को सिजनदेखि लगातार रुपमा यो उपाधि जितिसकेको छ । सिजन २०१४–१५ मा एथ्लेटिक बिल्बाओलाई ३–१ गोलले, सिजन २०१५–१६ मा सेभियालाई अतिरिक्त समयमा २–० गोलले तथा सिजन २०१६–१७ मा आलाभेजलाई ३–१ गोलले हराएर कोपा डेल रेको उपाधिमा ह्याट्रिक गरेको हो । जारी सिजनमा पनि सेभियालाई हराएर बार्सिलोना लागतार ४ पटक उपाधि जित्ने दाउमा रहेको छ ।

सेभियाले पछिल्लो पटक सिजन २००९–१० मा क्याम्प नाउमा भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–० गोलले हराएर उपाधि रक्षा गरेको थियो ।

दुबैटिम च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको हो । बार्सिलोनालाई रोमाले तथा सेभियालाई बार्यन म्युनिखले पराजित गरेको कारण दुबै क्लब च्याम्पियन्स लिगको खराब नजितालाई बिर्सनको लागि यो उपाधि रक्षा गर्न लागिपरेको छ ।

२१ अप्रिल २०१८ मा प्रकाशित

ला लिगा उपाधिबाट बार्सा मात्र १ खेल टाढा, देला त रियल मड्रिडले ‘गार्ड अफ अर्नर’ ?

यसरी तय गर्‍यो बार्सिलोनाले कोपा डेल रेको यात्रा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here