ला लिगा उपाधिबाट बार्सा मात्र १ खेल टाढा, देला त रियल मड्रिडले ‘गार्ड अफ अर्नर’ ?

बार्सा नेपाल । ला लिगाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई रियल सोसिडाडले पराजित गरेपछि बार्सिलोना ला लिगा उपाधिबाट मात्र १ खेल टाढा रहेको छ । बिहीबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडलाई रियल सोसिडाडले आफ्नै घरेलु मैदान एनोइटामा ३–० गोलले पराजित गरेको हो । एक्त खेलमा विलियान झोसेले एक तथा जुआन्मीले दुई गोल गरेका थिए ।

लिगका ३३ खेल सम्पन्न हुँदा बार्सिलोनाले २५ खेलमा जित तथा ८ खेलमा बराबरी गरेर ८३ अंक जोडेको छ भने दोस्रा् स्थानमा रहेको एथ्लेटिको मड्रिडको २१ खेलमा जित, ८ खेलमा बराबरी तथा ४ खेलमा हार गरी मात्र ७१ अंक रहेको छ । यी दुई क्लबबीचको अंकदूरी १२ रहेको हुँदा बार्सिलोनालाई मात्र १ खेलमा जित आवश्यक रहेको छ ।

ला लिगाको अर्को खेल बार्सिलोनाले लिगको १८ औं स्थानमा रहेको डिर्पोटिभोसँग उसैको घरेलु मैदानमा खेल्नेछ । यदि बार्सिलोनाले डिर्पोटिभोलाई हराएर ३ अंक जोडेमा बार्सिलोनाले आगामी खेलमा नै उपाधि जित्नेछ ।

त्यसपछि लिगको ३५ औं खेल एल क्लासिको रहेको छ । क्याम्प नाउमा हुने उक्त खेलअघि नै बार्सिलोनाले उपाधि सुरक्षित गरेको हुनाले रियल मड्रिडले बार्सिलोनालाई ‘गार्ड अफ अर्नर’ (उच्च सम्मान) दिनुपर्ने हुन्छ ।

२० अप्रिल २०१८ मा प्रकाशित

यसरी तय गर्‍यो बार्सिलोनाले कोपा डेल रेको यात्रा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here