यसरी तय गर्‍यो बार्सिलोनाले कोपा डेल रेको यात्रा

बार्सा नेपाल । बार्सिलोना जारी सिजनसँगै स्पेनिस कप कोपा डेल रेको फाइनलमा लगातार ५ पटक पुग्ने क्लब हो । सन् २०१३/१४ को सिजनमा रियल मड्रिडसँग, २०१४/१५ को सिजनमा एथ्लेटिकसँग, २०१५/१६ मा सेभियासँग, २०१६/१७ मा आलाभेससँग फाइनल खेलेको बार्सिलोनाले जारी सिजनमा सेभियासँग फाइनल खेल्न लागेको हो ।

बार्सिलोनाले जारी सिजनको कपको फाइनल यात्रा तय गर्दासम्म जम्मा १ खेलमा मात्रै हार व्यहोर्यो । फाइनलसम्मको स्थान बनाउँदा बार्सिलोनाले जम्मा १९ गोल बिपक्षीबिरुद्ध गर्यो भने मात्र २ गोल खाएको छ ।

यहाँ हामीले जारी सिजनमा बार्सिलोनाले तय गरेको कोपा डेल रेको यात्रा बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

दोस्रो हाफमा भालभर्डेले सच्याएको त्यो गल्ती जसले बार्सालाई फाइनलमा पुर्‍यायो

छैटौं राउन्ड

  • पहिलो लेग
    मुर्सिया ०–३ बार्सिलोना
  • दोस्रो लेग
    बार्सिलोना ५–० मुर्सिया
    समग्रमा बार्सिलोना ८–० गोलले विजयी

अन्तिम १६

  • पहिलो लेग
    सेल्टा भिगो १–१ बार्सिलोना
  • दोस्रो लेग
    बार्सिलोना ५–० सेल्टा भिगो
    समग्रमा बार्सिलोना ६–१ गोलले विजयी

क्वार्टरफाइनल

  • पहिलो लेग
    इस्प्यानियोल १–० बार्सिलोना
  • दोस्रो लेग
    बार्सिलोना २–० इस्प्यानियोल
    समग्रमा बार्सिलोना २–१ गोलले विजयी

सेमिफाइनल

  • पहिलो लेग
    बार्सिलोना १–० भ्यालेन्सिया
  • दोस्रो लेग
    भ्यालेन्सिया ०–२ बार्सिलोना
    समग्रमा बार्सिलोना ३–० गोलले विजयी

फाइनल खेलमा बार्सिलोनाले चिरप्रतिद्धन्द्धी सेभिया पाएको छ । यी दुई टिमबीचको फाइनल खेल एथ्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा अप्रिल २१ मा हुँदैछ ।

१९ अप्रिल २०१८ मा प्रकाशित

धेरै कोपा डेल रे उपाधि जित्ने क्लब बार्सिलोना, फाइनलमा बढी हार्ने टिम रियल मड्रिड

तपाई बार्सा फ्यान हो भने यी कुरा थाहा छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here