सेल्टा भिगोले बार्सिलोनालाई पुनः बराबरीमा रोक्यो

बार्सा नेपाल । ला लिगा अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा लिग लिडर बार्सिलोना सेल्टा डी भिगोसँग पुनः २–२ को बराबरीमा रोकिएको छ ।

पहिलो चरणको खेलमा पनि २–२ को बराबरी खेलेका दुई टिमले पछिल्लो खेलमा पनि सोही गोल निकालेका हुन् । खेलमा ३६ औँ मिनेटमा उसमा डेम्बेलेको गोलबाट बार्सिलोनाले सुरुवाति अग्रता लियो। तर ४५ औँ मिनेटमा क्यास्ट्रो ओट्टोले सेल्टाका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेल दोस्रो हाफमा पनि थप एक एक गोल भए ।

खेलको ६४ औं मिनेटमा पाको अलकेसरले गोल गर्दै फेरि बार्सिलोनालाई अग्रता दिलाए। त्यसको ७ मिनेट पछि सेर्गी रोबर्टोले रातो कार्ड पाएर मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भयो । सेल्टाका लागो एस्पासलाई तानेका कारण रोबर्टोले रातो कार्ड पाएर मैदान बाहिरिएका थिए। १० खेलाडीमा सिमित बार्साले ८२ औँ मिनेटमा गोल खायो। लागो एस्पासले सेल्टाका लागि बराबरी गोल फर्काए ।

१९ अप्रिल २०१८ मा प्रकाशित

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here