तपाई बार्सा फ्यान हो भने यी कुरा थाहा छ ?

बार्सा नेपाल । धेरैलाई थाहा नहुन सक्छ बार्सिलोनाको व्यवसायीक फुटबल टिम मात्रै ४ वटा रहेका छन् । ति हुन्, बार्सिलोना पहिलो टिम, बार्सा बी, अन्डर नाइन्टिन ए र अन्डर नाइन्टिन बी । त्यस्तै नन प्रोफेस्नल टिम त झनै १३ वटा रहेका छन् ।

बार्सिलोना क्लबको अध्यक्ष जोसेफ मारिया बार्तोमेउ भए पनि फुटबलको व्यवस्थापकको रुपमा जोसेफ सेगुरा रहेका छन् । उनकै नेतृत्वमा फुटबलका बिभिन्न गतिबिधिहरु हुने गर्छन् ।

फुटबल बिभागको चेन अफ कमान्डमा टेक्निकल सेक्रेटरी प्रोफेस्नल फुटबल रहेको छ । यसको जिम्मेवारी रोबर्ट फर्नान्डेजलाई दिइएको छ । उनको अन्डरमा प्रशिक्षक अर्नेष्टो भालभर्डेले पहिलो टिम सम्हालीरहेका छन् ।

प्रोफेस्नल युथ फुटबलमा जोसे मारी बाकेरो तथा गुलीरमो अमोर रहेका छन् । उनीहरूकाे अन्डरमा बार्सा बी, अन्डर नाइन्टिन ए  अन्डर नाइन्टिन बी रहेको छन् । यी तीन क्लबलाई क्रमशः जेरार्ड लोपेज, गाब्रियल गार्सिया तथा इन्रिके अल्भारेजले सम्हालिरहेका छन् ।

बार्सिलोनाको युथ फुटबलको नेतृत्व जोर्डी रोउरा तथा अरोली अल्टिमिराले सम्हालेका छन् । यस अन्तर्गत १३ वटा टिम रहेका छन् । अन्डर १६ ए र बी, अन्डर १४ ए र बी, अन्डर १२ ए, बी, सी र डी, अन्डर १० ए, बी , सी, डी र प्रि–अन्डर १० टिम रहेका छन् । त्यस्तै, यी अव्यवसायीक टिमहरुको गोलकिपर निर्देशकमा रिकार्ड सेगारा रहेका छन् ।

त्यस्तै, क्लबमा नयाँ खेलाडीहरु भित्र्याउनको लागि महत्वपूर्ण भूमिका राख्नेमा जोसेप बोडा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here