भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका कुन खेलाडीको प्रदर्शन कस्तो ? (प्लेसर्य रेटिङ्ग)

बार्सा नेपाल । बार्सिलोनाले यस सिजन घरेलु लिगमा बलियो मानिएको भ्यालेन्सियालाई घरेलु मैदानमा २–१ गोलले पराजित गरेको छ । खेलमा कोउटिन्होको दुईवटा पासमा स्वारेज र उम्टीटीले गोल गरे । जितसँगै बार्सिलोनाले ला लिगामा अपराजित यात्रामा रेकर्ड नै दर्ता गर्यो । तर, भ्यालेन्सियासँगको खेलमा बार्सिलोनाको प्रदर्शन सन्तोषजनक रहेन । भ्यालेन्सियाले बार्सिलोनालाई खेलको सुरुदेखि नै दवावमा राख्ने प्रयास गरे र निकै खतरनाक आक्रमण पनि गर्यो ।

यहाँ हामीले भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका खेलाडीले गरेको प्रदर्शनको आधारमा प्लेयर्स रेटिङ्ग तयार पारेका छौं । रेटिङ्गको पूर्ण अंक १० रहेको छ ।

टेर स्टेगन ७

चौथो मिनेटमा नै गुडेसको बलको बचाउ गरेको । १८ औं मिनेटमा पनि टेर स्टेगनले अत्यान्तै राम्रो बचाउ गरे । २४ औं मिनेटमा उनले गम्भीर गल्ती गरे त्यसको फाइदा रोड्रिगोले उठाउन खोजे तर उनैले बिफल बनाइदिए । ४३ औं मिनेटमा रोड्रिगोको बल नियन्त्रणमा लिए । पहिलो हाफमा भ्यालेन्सियाले राम्रो खेल खेल्यो तर टेर स्टेगनलाई बिट गर्न भने सकेन ।

सर्जी रोबर्टो ६.५

रोबर्टोले पहिलो १० मिनेटमा नै दुई बल भ्यालेन्सियाको बल ब्लक गरे । १७ औं मिनेटमा पनि बलको बचाउ गरे । उनी खेलमा सफल देखिए ।

जेरार्ड पिके ७

खेलको तस्रो मिनेटमा नै पिकेले स्लाइड ट्याकल गरि डिबक्सबाट बल क्लियर गरेका । छैटौं मिनेटमा नै उनि पँहेलो कार्डको कारण दवावमा परे । मुख्यत पिकेले भ्यालेन्सियाका गेडेसलाई नियन्त्रणमा लिए । ५० औं मिनेटमा गोल लाइनबाट बल गोल हुनबाट बचाए ।

स्यामुअल उम्टीटी ६

२२ औं मिनेटमा उम्टीटीले गायाको डेन्जर बल क्लियर गरे । ३४ औं मिनेटमा भ्यालेन्सियाको खतरानाक अट्याक उनले ब्लक गरे । ५० औं मिनेटमा उम्टीटीले गम्भीर गल्ती गरेपछि पिकेले गोल लाईनबाट बल बचाएका थिए । तर, ५१ औं मिनेटमा उनैले कोउटिन्होको कर्नरमा गोल गरे ।

जोर्डी अल्बा ७

खेलको ११ औं मिनेटमा अल्बाद्वारा भ्यालेन्सियाको आक्रमणको बचाउ गरेको । त्यस्तै १३ औं मिनेटमा पनि बल क्लियर गर्न सफल रहे । अल्बा डिफेन्स, मिडफिल्ड तथा अट्याकमा पनि सक्रिय देखिए । ३२ औं मिनेटमा मेसीलाई हेडिङबाट गोल गर्ने अवसर प्रदान गरे ।

सर्जियो बुस्क्वेट्स ६

राकेटिच खेलमा नहुँदा बुस्क्वेट्सको जिम्मेवारी महत्वपूर्ण रह्यो । डिफेन्स र मिडफिल्डको ब्रिजको रुपमा उनले खेल खेले । केही ट्याकल, केही पास र विपक्षीमाथि दवावले बार्सिलोनालाई खेलमा बलियो बनाए ।

आन्द्रेज इनियष्टा ७

९ औं मिनेटमा नै मध्यभागबाट इनियष्टाले कोउटिन्होलाई लङ्ग रेन्ज बल दिए । त्यस्तै दोस्रो हाफमा गोलको लागि प्रयास पनि गरे । मेसीको पासमा सुन्दर भली हान्ने प्रयास गरे तर, सफल हुन सकेनन् ।

पाउलिन्हो ५.५

पहिलो हाफमा पाउलिन्होको प्रदर्शन राम्रो रहेन । उनले राम्रो पास मिलाउन सकेनन् । अन्य मिडफिल्डरहरुसँग उनको तालमेल मिलेन । इभान राकेटिचको स्थान लिन आएका उनी खेलमा त्यती सफल रहेनन् ।

कोउटिन्हो ८

स्वारेजले गरेको गोलको पासमा कोउटिन्होको पास अत्यान्तै सुन्दर रहेको थियो । ३७ औं मिनेटमा गोल गर्ने मौका खेर फाले । उम्टीटीको हेडिङ गोलमा पनि उनको एसिस्ट रह्यो । दोस्रो हाफमा लङ रेन्ज प्रहारले पनि विपक्षीलाई दवावमा राख्यो । खेल अवधिभर कोउटिन्होले ४२ वटा पास पुरा गरे जसमध्ये २ वटा मुख्य पास थियो । त्यस्तै ३ वटा ड्रिबल, ४ वटा ट्याकल समेत थियो ।

लियोनल मेसी ६

मेसीले पहिलो हाफमा स्वारेज र अल्बाको पासमा हेडिङमार्फत गोल गर्ने प्रयास गरे । खेलको ६८ औं मिनेटमा इनियष्टालाई गोल गर्ने मौका दिए । ७८ औं मिनेटमा स्वारेजको पासमा मेसीले गोलको लागि गरेको प्रयास सुन्दर थियो । भ्यालेन्सियासँगको खेलमा मेसी प्लेमेकरको रुपमा थिए । खेलको अन्त्यतिर डेनिसलाई गोल गर्ने अवसर प्रदान गरे तर, डेनिस सफल भएनन् ।

लुइस स्वारेज ७

१५ औं मिनेटमा कोउटिन्होको सुन्दर पासमा बार्सिलोनालाई स्वारेजले गोल गरेर अग्रता दिए । मेसीसँग उनले तालमेल मिलाउने प्रयास गरे । स्वारेजले खेल अवधिमा केही सुन्दर बलहरु पाए तर गोलमा परिणत गर्न सकेनन् ।

बैकल्पिक खेलाडी

डेम्बेले
७९ औं मिनेटमा डेम्बेले कोउटिन्होको स्थानमा मैदान प्रवेश गरे । तर उनले गर्दा भ्यालेन्सियाले पेनाल्टी पायो ।

डेनिस

डेनिस खेलको ८४ औं मिनेटमा डेनिस इनियष्टाको पासमा मैदान प्रवेश गरेका हुन् ।

भ्यालेन्सयाका खेलाडी

  • नेटाे ७
  • भेजाे ६
  • ग्यारे ६
  • गाब्रियल ६
  • गाया ६
  • साेलेर ५
  • पारेजाे ६
  • काेन्डाेम्बिया ५
  • गुडेस ५
  • रोड्रिगो ६
  • सान्टि मिना ६
  • बैकल्पिक
  • पिरेरा ५
  • भिटाे ५
  • जाजा

१५ अप्रिल २०१५ मा प्रकाशित

बार्सिलोनाद्वारा ला लिगाको अपराजित यात्रामा नयाँ रेकर्ड दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here