कप्तान इनियष्टाद्वारा सम्पूर्ण समर्थकसँग एकताको लागि अपिल

बार्सा नेपाल । बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टाले च्याम्पियन्स लिगमा रोमासँग लज्जास्पद हार व्यहोरेपछि बार्साको समर्थकहरुलाई एकता देखाउन आह्वान गरेका छन् ।

क्लबका अन्य खेलाडीहरुजस्तै मिडफिल्डर इनियष्टाले भावुक हुँदै उक्त हारले ठूलो चोट दिएको छ तर, हामीसँग अझै दुई वटा उपाधि जित्ने अवसर रहेको छ । हामी कोपा डेल रेको फाइनलमा पुगेका छौं भने ला लिगामा पनि शिर्ष स्थानमा रहेको छौं सोही कारणले हामीलाई समर्थकहरुको सहयोगको खाँचो रहेको छ ।

हामीले विगतमा राम्रो खेल्यौं/नराम्रो खेल्यौं त्यो आफ्नो ठाउँमा छ, हामी अझै पहिलाको भन्दा बलियो हुनुपर्छ, फोर्सा बार्सा भन्दै उनले समाजिक सञ्जालमार्फत अपिल गरेका हुन् ।

रोमासँगको हारपछि इनिष्टा निकै भावुक देखिन्थे । सम्भवतः बार्सिलोनामा उनको यो अन्तिम सिजन हो । उनी चाइनिज सुपर लिग खेल्ने सम्भावना प्रवल रहेको छ । बार्सिलोनमा नयाँ प्रतिभाहरुलाई स्थान दिनको लागि उनी चीन प्रस्थान गर्ने सोचमा रहेको बुझिएको छ ।

१३ अप्रिल २०१८ मा प्रकाशित

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिदा भ्यालेन्सियालाई १० मिलियन घाटा !

बार्साको भविष्यको लागि कप्तान इनियष्टा चीन जाने लगभग पक्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here