च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्यनको प्रतिद्धन्द्धी रियल मड्रिड

बार्सा नेपाल । शुक्रबार च्याम्पियन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक भएको छ । ड्र अनुसार जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस क्लब रियल मड्रिडको सामना गर्नुपर्ने छ । यी दुई टिमबीचको पहिलो खेल बार्यनको घरेलु मैदानमा २५ अप्रिलमा हुनेछ भने दोस्रो लेग मे १ रियलको घरेलु मैदानमा हुनेछ ।

त्यस्तै इंग्लिस क्लब लिभरपुलले इटासलयन क्लब रोमा पाएको छ । यी दुई टिमबीचको पहिलो लेग लिभरपुलको घरेलु मैदानमा २४ अप्रिलमा हुनेछ भने दोस्रो लेग २ मेमा रोमाको घरेलु मैदानमा हुनेछ ।

शुक्रबार नै भएको युरोपा लिग अन्तर्गतको ड्रमा आर्सनलले एथ्लेटिको मड्रिड तथा मार्सेले स्लाजबर्ग प्रतिद्धन्द्धी पाएको छ ।

१३ अप्रिल २०१८ मा प्रकाशित

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिदा भ्यालेन्सियालाई १० मिलियन घाटा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here