बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिदा भ्यालेन्सियालाई १० मिलियन घाटा !

बार्सा नेपाल । च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिदा बार्सिलोनालाई मात्रै होइन यसको घाटा भ्यालेन्सियाले पनि ब्यहोर्नु परेको छ । सन् २०१६ मा पोर्चुगिज आन्द्र गोमेज क्याम्प नाउमा स्थानान्तरण हुदाँ बनेको क्लजको कारण भ्यालेन्सियाले घाटा ब्यहोर्नुपरेको हो ।

बार्सिलोनाले गोमेजलाई ३५ मिलियन यूरो तिरेर क्लबमा भित्र्याएको हो तर, त्यसमा २० मिलियन यूरो अन्य शिर्षकको नाममा थपिएको थियो । गोमेजसँग ५ वर्षको सम्झौता गरेको बार्सिलोनाले च्याम्पियन्स लिगमा गर्ने प्रदर्शनको आधारमा पनि भ्यालेन्सियालाई रकम दिनुपर्ने थियो ।

बार्सिलोना क्वार्टरफाइनलमा पुगेको कारण भ्यालेन्सियालाई ५ लाख यूरो दिनुपर्ने हुन्छ । यस्तै सम्झौता अनुसार सेमिफाइनलमा पुगेको भए १ मिलियन यूरो, फाइनलमा पुगेको भए थप १ मिलियन तथा उपाधि नै जितेको भए ३ मिलियन यूरो भ्यालेन्सियाले पाउनेथियो । समग्रमा बार्सिलोनाले च्याम्पियन्स लिग जितेको भए भ्यालेन्सियाले एक सिजनमा ५.५ मिलियन यूरो बार्सिलोनाबाट पाउने थियो ।

गोमेज आएपछि बार्सिलोनाले च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न सकेको छैन । दुई सिजन नै बार्सिलोना च्याम्पियन्स लिगमा अगाडि बढ्न नसक्दा गोमेजको नाममा भ्यालेन्सियाले पाउने रकम रद्द भएको हो ।

१३ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: भ्यालेन्सियसँगको खेलमा इतिहास रच्ने दाउमा बार्सिलोना

राकेटिचले भ्यालेन्सियासँगको खेल गुमाउने सम्भावना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here