ला लिगाबाट रेलिगेसन भर्सेज सेगुन्डाबाट प्रोमोसन, बार्सा बी चाँही कहाँ ?

बार्सा नेपाल । जारी स्पेनिस लिग ला लिगामा ३१ वटा खेलहरु सकिएका छन् । कूल २० क्लब सहभागी लिगमा जम्मा ३८ वटा खेल हुने हुँदा हालसम्मको अवस्थालाई हेर्दा ३ वटा क्लबहरु रेलिगेसनमा पर्ने सम्भावना प्रवल देखिएको छ ।

रेलिगेसनमा पर्ने क्लब

यस सिजनको खेलबाट तीन टिमहरु मालागा, लास पाल्माज तथा डिपोर्टिभो रेलिगेसनमा परेर सेगुन्डा डिभिजनमा झर्ने सम्भावना रहेको छ ।

मालागाले खेलको कूल ३१ खेलमा मात्र ४ खेलमा जित, ५ खेलमा बराबरी तथा २२ खेलमा हार व्यहोरी जम्मा १७ अंक जोडेर लिगको २० औं स्थानमा छ । त्यस्तै १९ औं स्थानमा रहेको लास पाल्माजले ५ खेलमा जित, ६ खेलमा बराबरी तथा २० खेलमा हार व्यहोरेर जम्मा २१ अंक जोडेको छ भने २३ अंक जोडेको डिर्पोटिभो लिगको १८ औं स्थानमा छ । डिर्पोटिभोले जम्मा ५ खेलमा जित, ८ खेलमा बराबरी तथा १८ खेलमा हार व्यहोरेको छ ।

लिगको १५ औं स्थानमा रहेको इस्प्यानियोलले ३६ अंक, १६ औं स्थानमा रहेको आलाभेजले ३५ अंक तथा १७ औं स्थानमा रहेको लेभान्टेले जम्मा ३१ अंक जोडेको हुँदा पुछारमा रहेका तीन क्बलाई गाह्रो गर्ने स्थिति देखिएको हो ।

प्रोमोशन हुने क्लब

स्पेनको दोस्रो ठूलो घरेलु लिग सेगुन्डा डिभिजनमा जम्मा २२ वटा क्लबहरु रहेका छन् । उक्त डिभिजनका शिर्ष स्थानमा रहेका तीन वटा क्लब ला लिगामा प्रोमोशन हुन्छन् । नियमअनुसारसिजनको सबै खेल सकिएपछि बन्ने अंक तालिकाको शिर्ष स्थानमा रहेका दुई क्लबहरु सिधै ला लिगामा प्रवेश गर्नेछन् । साथै १ टिमको छनोट तेस्रो, चौथो, पाँचौ तथा छैटौं स्थानमा रहेका क्लबहरुले खेल्ने प्लेअफबाट हुन्छ ।

सेगुन्डा डिभिजनमा ४२ हप्तासम्म खेलहरु हुन्छन् । हाल लगभग ३४ चरणका खेलहरु सकिसकेका छन् । यो समाचार तयार पर्दासम्मको अंक तालिका हेर्दा स्र्पोटिङ गिजोन सेगुन्डा डिभिजनको लिगको शिर्ष स्थानमा रहेको छ । ३४ खेल खेलेको गिजोनले कूल ६१ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको रायो भालेकानोले पनि ६१ अंक नै जोडेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको एसडी हुयस्काको ५८ अंक, चौथो स्थानमा रहेको काडिज सीएफको ५७ अंक, पाँचौं स्थानमा रहेकोजारागोजाको ५५ अंक तथा छैटौं स्थानमा रहेको नुमान्सियाको ५४ अंक रहे पनि ग्रानाडाको ५३ अंक, ओभिडोको ५३ अंक, टेनेरिफको ५२ अंक, ओसासुनाको ४१ अंक तथा भालाडोलिडको पनि ५१ अंक नै रहेको हुँदा ला लिगामा प्रोमोट हुने क्लबहरुको टुंगो लाग्न सम्भवतः खेलको ४२ औं चरण नै कुर्नु पर्ने सम्भावना प्रवल रहेको छ ।

बार्सिलोना बीको स्थान

जारी सिजनको सेगुन्डा डिभिजनमा बार्सिलोना बीको प्रदर्शन खराब रहेको छ । ३४ खेलमा बार्सा बीले मात्रै ८ खेलमा जित दर्ता गरेको छ । त्यस्तै, १३ खेलमा बराबरी तथा १३ खेलमा नै हार व्यहोरेर जम्मा ३७ अंक मात्रै जोडेर लिगको १८ औं स्थानमा रहेको छ । समग्रमा भन्नुपर्दा बार्सिलोना बी सेगुन्डा डिभिजनबाट पनि रेलिगेसनमा पर्ने सम्भावना देखिन्छ ।

१२ अप्रिल २०१८ मा प्रकाशित

म्यान्चेस्टर युनाटेडको युथ एकेडेमीमा मेसीको यो फोटो किन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here