म्यान्चेस्टर युनाटेडको युथ एकेडेमीमा मेसीको यो फोटो किन ?

बार्सा नेपाल । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडमा धेरै स्टार खेलाडीहरु रहेका छन् । तर उक्त क्लबले बार्साका खेलाडी लियोनल मेसीको फोटो युथ एकेडेमीमा राखेको कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

हो । बार्सिलोनामा पोग्वा, डे गिया, लुकाकु… जस्ता स्टार खेलाडीहरु हुँदा हुँदै पनि स्पेनिस क्लब बार्सिलोनाका खेलाडी लियोनल मेसीको एउटा फोटो युवा खेलाडीहरुलाई पाठ पढाउनको लागि राखेको समाचार प्रकाशित भएको छ ।

विश्वको सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी लियोनल मेसीले अर्जेन्टिनाबाट खेल खेलेपछि आफ्नो बुट पुछिरहेको फोटो एकेडेमीमा राखेको हो । युवाहरुले उक्त फोटोबाट प्रेरणा पाओस् भनेर फोटो राखिएको हो । मेसी विश्वकै उत्कृष्ट खेलाडी भएको र निकै अनुशासित खेलाडी पनि भएको देखाउनको लागि सो फोटो झुन्ड्याइएको हो ।

म्यान्चेस्टर युनाइटेडका युवा टिमका प्रशिक्षक निक्की बटले उक्त कुराको रहस्य खोलेका हुन् ।

१२ अप्रिल २०१८ मा प्रकाशित

ला लिगाबाट रेलिगेसन भर्सेज सेगुन्डाबाट प्रोमोसन, बार्सा बी चाँही कहाँ ?

बैज्ञानिकहरु भन्छन्ः ‘मेसीले गोल हान्दा बार्सिलोना शहरमा भूकम्प आउने गरेको छ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here