रियल मड्रिडलाई अन्तिम समयमा दिइएको ‘अवार्ड’ अत्यान्तै लज्जास्पदः बुफोन

बार्सा नेपाल । युभेन्टसका ४० वर्षीय गोलरक्षक जियानलुइगी बुफोनले इंग्लिस रेफ्री माइकल ओलीभरलाई ‘रद्दीको टोकरी’ को संज्ञा दिएका छन् ।

बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा उनलाई बिना अर्थमा सिधा रेडकार्ड देखाइएपछि रेफ्रीको आलोचना बढेको हो । रियल मड्रिडको घरेलु मैदानमा सम्पन्न खेलको नियमित समय सकिँदासम्म युभेन्टस् ३–० गोलले अगाडि रहेको थियो तर, खेलमा थपिएको समयको अन्तिममा रेफ्रीले बुफोनको कुनै गल्ती नहुँदा पनि सिधा रेडकार्ड देखाएका थिए ।

पहिलो लेगमा ३–० गोलले पराजित भएको अवस्थामा युभेन्टसले कमब्याक गरेको थियो तर, थपिएको ३ मिनेटको इन्जुरी समयको अन्तिममा रियलका लुकास भास्क्वेज डिबक्समा लडेपछि उक्त बल बुफोनले समातेका थिए तर, रेफ्रीले बिना गल्ती बुफोनलाई सिधा रेडकार्ड दिइ रियल मड्रिडलाई पेनाल्टी दिएको थियो । यसबारेमा कडा प्रतिक्रिया दिँदै बुफोनले भने

‘रियल मड्रिडलाई अन्तिम समयमा दिएको अवार्ड अत्यान्तै लजास्पद छ, अत्यान्तै शंकास्पद पनि छ । रेफ्रीले खेल सकिएको सिट्टी फुक्न छोडेर रियल मड्रिडलाई पेनाल्टी दिँदा टिमको सबै मेहनत खेर गएको छ । रेफ्रीलाई यो कुराको लज्जाबोध हुनेछ ।’ उनले थपे ‘कसलाई लिगबाट निकाल्ने भन्ने कुरा एउटा मानिसले गर्ने होइन, रेफ्रीको निर्णयले उनको नियत प्रश्टै देखिन्छ । यसको मतलब उनलाई आफ्नो जिम्मेवारी के हो भन्ने थाहा थिएन ।’

रेफ्रीप्रति आक्रामक हुँदै बुफोनले थपे ‘तपाई यस्तो खेल हुन्छ भनेर तयारी गरेर बस्दा हुन्छ । पहिलो लेगमा पनि हामीलाई एउटा दिनैपर्ने पेनाल्टी दिइएन तर रियललाई नै खेल जिताउने गरि रेफ्री लागेको पाइयो । रेफ्रीसँग रेफ्रीमा हुनुपर्ने गुण चाहिन्छ । यदी त्यस्तौ छैन भने आफ्नो छोराछोरी तथा श्रीमतीसँग आएर प्याराफिटमा बसेर खेल हेरे हुन्छ । मैले के गरेको थिए ? आफ्नो टिमको बचाउ ? म खेलमा के भएको थियो भन्न सक्छु । रेफ्रीलाई खेल भनेको के हो नै थाहा नभएको पाइयो ।’

त्यस्तै, युभेन्टसका प्रशिक्षक म्याक्स एलेग्रीले पनि बुफोनको कुरामा सहमति जनाउँदै भने ‘रेफ्रीको कारणले हामीले खेल हार्यौं । बुफोनको त्यो प्रतिक्रियामा के थियो र सिधै रेडकार्ड दिनुपर्ने ? अब हामी रुनुको कुनै अर्थ छैन ।’ भने

१२ अप्रिल २०१८ मा प्रकाशित

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिनुमा को दोषी ? (प्लेयर्स रेटिङ्ग)

1 COMMENT

  1. Juventus nnepal dot com hunuparne yo page ta.
    Buffon ko ta k kura garnu..sahana nasakera refree sanga baajdai thyo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here