बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिनुमा को दोषी ? (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । बार्सिलोना नाटकिय रुपमा जारी सिजनको च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । रोमाको घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा ३–० गोललेपराजित भएपछि बार्सिलोना समग्रमा ४–४ गोल भए पनि अवे गोलको आधारमा बाहिरिएको हो ।

खेलमा रोमाले पाहुना टिम बार्सिलोनालाई सुरुदेखि अन्त्यसम्म दवावमा राखेको थियो । विशेष गरेर बार्सिलोनाको मध्यभाग जम्न नसक्दा बार्सिलोनाले हार व्यहोर्नुपर्यो । बार्सिलोनाको पासिङ एक्युरेसी मात्र ७६ प्रतिशत थियो । खेलमा घरेलु टिमका खेलाडी बढी सक्रिय देखिए । उनीहरुले १०६.७ किमीको दुरी कभर गरे भने बार्सिलोनाका खेलाडीहरुले मात्र १०१.५ किमी दुरी पार गरे ।

त्यसोत प्रशिक्षक भालभर्डेको खेल रणनीतिमा गम्भीर गलत निर्णय भएको देखिन्छ । खेलमा पछाडि परिसकेपछि मात्रै आक्रमण बढाउने रणनीतिले बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । पहिलो लेगको ४–१ गोलको अग्रता जोगाउन नसक्ने खेल रणनीति बनाउनुले उनीमाथि गम्भीर प्रश्न उठिसकेको छ । मिडफिल्ड र अग्रभाग कमजोर हुँदा हुँदै पनि उनले खेलाडी परिवर्तन गर्न चाहेनन् नत उनले रणनीति नै परिवर्तन गर्न चाहे । उनको डिफेन्सिभ फुटबल रणनीतिले बार्सिलोनाले गम्भीर परिणाम भोग्नु परेको छ । त्यसोत हारमा प्रशिक्षकको मात्रै दोष छैन खेलाडीहरुको प्रदर्शन पनि उत्तिकै नराम्रो देखिन्छ यहाँ हामीले बार्सिलोनाको हारमा कुन खेलाडीको प्रदर्शन कस्तो भन्ने बारेमा प्लेयर्स रेटिङ्ग तयार पारेका छौं ।

टेर स्टेगन ६

खेलको छैटौं मिनेटमा नै जेकोले गोल गर्दा उनी ‘क्लु लेस’ भए । ३७ औं जेकोके बल उनले अत्यान्तै राम्रोसँग बचाउ गरे । ५८ औं मिनेटमा डेनिएल डी रोसीले प्रहार गरेको पेनाल्टी टेर स्टेगनले रोक्न सकेनन् । ७९ औं मिनेटमा अलसरावीको बलको सुन्दर बचाउ पनि उनले गरे ।

सेमेडो ४.५

खेलको ३६ औं मिनेटमा कोलारोभले नटमेट गरे । कोलोरभलाई रोक्ने जिम्मा समेडोले पाएका थिए । ६८ औं मिनेटमा कोलारोभकै प्रहारलाई उनले ब्लक गरेका थिए । सेन्जिज अन्डरले दिएको पासमा मोनोलासले गोल गर्दा सेमेडो दोषि देखिन्छ ।

पिके ५

पहिलो हाफमा बार्सिलोनामाथि रोमाले दवाव दिएको थियो । उक्त दवाव थेग्नको लागि पिकेको योगदान उच्च रह्यो । खेलको २६ औं मिनेटमा कोलोरभले डिबक्सभित्रबाट गरेको बललाई क्लियर गरे । खेलको ३१ औं मिनेटमा पनि पिकेले अत्यान्तै राम्रो बचाउ गरे । ५७ औं मिनेटमा रोमाका जेकोलाई लडाएपछि रोमाले पेनाल्टी पायो । पिके केही सफल रहे पनि खेलमा बार्साले ३ गोल खायो ।

उम्टीटी ३

खेलको छैटौं मिनेटमा नै उनी भएकै स्थानबाट रोमाका इडेन जेकोले बल लगेर गोल गरेर बार्सिलोनामाथि दवाव राख्ने प्रयास गरे । खेलेको २१ औं मिनेटमा उनले डाइभिङ हेड हानेर डिबक्सबाट बल क्लियर गरे । ५६ औं मिनेटमा उम्टीटीको डिफेन्डिङ राम्रो थियो । तर, ३ गोल खाँदाको मुख्य जिम्मेवार उम्टीटी पनि हुन् ।

जोर्डी अल्बा ५

खेलको १३ औं मिनेटमा उनले रोमाले दिएको दवावलाई बिफल बनाएका थिए । अन्य खेलाडीको तुलनामा राम्रो खेले । पछाडि नै व्यस्त रहेका उनले विपक्षी स्ट्राइकरहरुलाई रोक्ने प्रयास गरे ।

सर्जी रोबर्टो ५

मिडफिल्डमा खेलाईएका रोबर्टो खेलमा औषत रुपमा देखिए । मिडफिल्डले जुन रुपमा बल नियन्त्रण गर्नुपर्ने हो सो गर्न सकेन ।

सर्जीयो बुस्क्वेट्स ५

१५ औं मिनेटमा रोमाका मुख्य खेलाडी जेकोले डिबक्सबाट ड्रिबल गर्न खोज्दा बुस्क्वेट्सले रोके । तर, अधिकांश समय विपक्षीलाई रोक्नमै बित्यो । उनीबाट क्रियटिभ बलको अपेक्षा गर्न सकिएन ।

इभान राकेटिच ५

इभान राकेटिचले रोमासँग अन्य मिडफिल्डरहरुको तुलनामा राम्रो खेल खेले । उनको प्रदर्शन सन्तोषजनक नभए पनि अन्य खेलाडीको तुलनामा राम्रो थियो

आन्द्रेज इनियष्टा ४

३३ वर्षको उमेरको बाबजुद पनि भालभर्डेले इनियष्टालाई आराम दिएनन् । सोही कारणले उनी खेलमा जम्न सकेनन् ।

लियोनल मेसी ५

९ औं मिनेटमा मेसीलाई डिबक्स बाहिर लडाईपछि पाएको फ्रिकिकमा उनी सफल भएनन् । त्यस्तै ४० औं मिनेटमा पाएको फ्रि किक पनि पोष्टभन्दा माथिाट गयो । मेसीलाई जुआन जेसस फाउल गर्दा पहँलो कार्डको शिकार बने । मेसीले ७४ औं मिनेटमा पनि गोलको प्रयास गरे । मेसीबाट अपेक्षा अनुरुप केही हुन सकेन ।

लुईस स्वारेज ४

३८ औं मिनेटमा बार्सिलोनाले काउन्टरको प्रयास गर्दा स्वारेजलाई फाजियोले डिबक्स बाहिर लडाए । स्वारेजले केही प्रहारहरु मिस गरे । न त अन्य खेलाडीलाई नै उपलब्ध गराउन सके । उनी खेलमा असफल देखिए ।

बैकल्पिक खेलाडी

आन्द्रे गोमेज
गोमेज इनियष्टाको स्थानमा ८१ औं मिनेटमा मैदान प्रवेश गरेका हुन् । उनी आएको केही समयमा नै बार्सिलोनाले कर्नरबाट गोल खान पुग्यो

डेम्बेले

डेम्बेले पनि मैदानमा छोटो समयको लागि आए । तर, उनले खाली पोष्टमा भएको बेला प्रहार गरेको लङ्ग रेन्ज प्रभाबकारी भएन ।

११ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: भ्यालेन्सियसँगको खेलमा इतिहास रच्ने दाउमा बार्सिलोना

बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here