रोमासँगको अप्रत्यासित हारपछि बार्सा समर्थकलाई पुयोलको यस्तो सन्देश

बार्सा नेपाल । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले अनपेक्षित रुपमा हार व्यहोरेपछि पूर्व कप्तान कार्लेस पुयोलले बार्सा फ्यानहरुलाई एक सन्देश पठाएका छन् । रोमाका लेजेन्ड खेलाडी फ्रान्सिस्को टोटीसँग बसेर खेल हेरेका पुयोलले रोमाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमै सीमित बनाइदिएपछि एक ट्वीट गरेर सन्देश पठाएका हुन् ।

उनको ट्वीटमा लेखिएको छ ‘यो साँच्चै दुखद् कुरा हो, कठिन दिन पनि तर हामीले सबै कुरा गुमाइसकेका छैनौं, अझै दुई वटा उपाधि हामीले जित्न सक्छौं, लङ लिभ बार्सा ।’

११ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: भ्यालेन्सियसँगको खेलमा इतिहास रच्ने दाउमा बार्सिलोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here