NEXT MATCH: भ्यालेन्सियसँगको खेलमा इतिहास रच्ने दाउमा बार्सिलोना

बार्सा नेपाल । घरेलु लिग ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले लिगको ३२ औं खेल चौथो स्थानमा रहेको भ्यालेन्सियासँग खेल्दैछ । क्याम्प नाउमा हुने उक्त खेल अप्रिल १४ तारिखकको बेलुकी ८ बजे (नेपाली समयअनुसार) सुरु हुनेछ ।

यसअघिको खेलमा लियोनल मेसीको ह्याट्रिकमा बार्सिलोनाले लेगानेसलाई पराजित गरेर रियल सोसिडाडको अपराजित यात्राको रकेर्ड बराबरी गरेको थियो । भ्यालेन्सियलाई पराजित गर्न सके वा बराबरीमा मात्रै रोक्न सके बार्सिलोनाले रियल सोसिडाडको रेकर्ड भंग गर्नेछ ।

रियल सोसिडाडले सिजन १९७८–७९ देखि १९७९–८० मा लगातार ३८ खेलमा अपराजित भइ राखेको रेकर्ड बार्सिलोनाले यसअघिको ला लिगाको ३१ औं खेलमा बराबरी गरेको थियो । अब बार्सिलोना सो रेकर्डलाई पनि भंग गर्ने दाउमा रहेको छ ।

यसअघिको पहिलो चरणको खेलमा भ्यालेन्सिया र बार्सिलोनाले १–१ गोलको बराबरी खेलेको थियो । उक्त खेलमा भ्यालेन्सियाले ६० औं मिनेटमा अग्रता लिएको थियो । उक्त गोल रोड्रिगोले गरेका थिए । तर, ८२ औं मिनेटमा जोर्डी अल्बाले गोल फर्काएपछि खेल बराबरीमा सकिएको थियो ।

लिगमा ३१ खेल सकिँदा बार्सिलोनाले २४ खेलमा जित तथा ७ खेलमा बराबरी खेली कूल ७९ अंक जोडेर शिर्ष स्थान कायमै राखेको छ भने भ्यालेन्सियाले समान खेलबाट २० खेलमा जित, ५ खेलमा बराबरी तथाक ६ खेलमा हार व्यहोरी ६५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ६८ अंक रहेको छ ।

११ अप्रिल २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here